कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेरि ब्यूँतियो एप्पल–सामसङको क्षतिपूर्ति लडाईं

एजेन्सी

काठमाडौँ — ‘प्याटेन्ट चोरीको आरोपमा सामसङले एप्पललाई एक अर्ब डलर क्षतिपूर्ति तिर्नुपर्ने फैसला गर्‍यो र सामसङले पनि दर्जनौं ट्रकमा एक अर्बको सिक्काहरु राखेर एप्पलको हेडक्वार्टरमा लगेर खन्याइदियो, ’ यो झूटो खबर सन् २०१२ तिर निकै भाइरल भएको थियो ।

फेरि ब्यूँतियो एप्पल–सामसङको क्षतिपूर्ति लडाईं

संसारका धेरै मानिसले यो खबरलाई साँचो माने र पत्याए । यही खबरका आधारमा धेरैले एप्पल र सामसङबीचको लडाईको गतिलाई बुझ्ने आधार बनाए ।


अमेरिकी एक अदालतले सामसङले एप्पललाई १ अर्ब डलर क्षतिपूर्ति तिर्नुपर्ने फैसला त गरेको थियो तर सामसङले त्यसरी ट्रकमा लगेर सिक्का एप्पललाई दिएको थिएन । बरु, सामसङले त्यतिविधि क्षतिपूर्ति तिर्न नपर्ने भन्दै उक्त निर्णय सच्याउन फेरि अदालत गएको थियो ।


फेरि अर्को अमेरिकी अदालतले सामसङले ४० करोड डलर मात्रै क्षतिपूर्ति तिर्नुपर्छ भनेर फैसला गर्‍यो । सामसङले एप्पललाई क्षतिपूर्ति तिर्नु त परै जाओस् यो मुद्दा अझै सकिएको छैन ।

क्यालिफोर्नियाको अदालतमा दुई ठूला मोबाइल कम्पनीबीचको प्याटेन्ट विवादको मुद्दा फेरि ब्यूँतिएको छ ।


सामसङले आइफोनको केही डिजाइन चोरी गरेको आरोप त पुष्टि भएको छ तर कति क्षतिपूर्ति तिर्नुपर्छ भन्ने विषयमा अहिले बहस हुनेछ । न्यायधिशहरुले यसअघि गरेको क्षतिपूर्ति तिर्नुपर्ने हिसाब के आधारमा गरिएको थियो भनेर निक्र्यौल गर्नेछन् र क्षतिपूर्ति निर्धारण गर्नेछन् ।


सन् २००७ मा पहिलो आइफोन सार्वजनिक हुनुअघि सामसङको स्मार्टफोनका किबोर्डले भरिएका हुन्थे । आइफोन सार्वजनिक भएलगत्तै सामसङको डिजाइन आइफोनसँग हुबहु मिलेजस्तो गरी सार्वजनिक हुन थाले । यही विषय अदालतमा पुगेको हो र यसको पहिलो निर्णय सन् २०१२ मा सार्वजनिक भएको थियो ।


सामसङले क्षतिपूर्ति निर्धारण ठीक नभएको भन्दै अदालत धाएर ४० करोडमा झारेको थियो । अब भने सामसङले कति क्षतिपूर्ति निर्धारण गर्नुपर्छ–क्यालिफोर्निया अदालतले निर्धारण गर्नेछ ।

प्रकाशित : जेष्ठ १, २०७५ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?