चालकरहित बस सञ्चालनमा

नारायण खड्का

अस्ट्रेलिया — दक्षिण अस्ट्रेलियाको एडिलेडमा रहेको फिल्न्डर्स युनिभर्सिटीले चालकरहित बस सञ्चालन गरेको छ । प्रतिघण्टा ३० किलोमिटरको गतिमा दौडने बस बुधबार सुरुआत गरेको हो ।

५ वर्षको परीक्षणका लागि बुधबारदेखि सर्वसाधारणलाई सेवा दिने गरी सरु भएको उक्त बसलाई फिल्न्डर्स एक्सप्रेस वा फ्लेक्स नाम दिइएको छ । १५ यात्रु बस्न मिल्ने बसमा एकजना सहयोगीले यात्रुहरुलाई आवश्यक निर्देशन दिनेछन् । बस कुन रुटमा चलाउने तय गरेर प्रोगाम गरेपछि यात्रुहरुलाई सेवा प्रदान गर्दछ ।

Yamaha

यात्राका लागि नि:शुल्क बुक गर्न मिल्ने कारमा जीपीएस, सेन्सर, राडरलगायतका वैज्ञानिक पद्धथिहरु जडान गरिएको युनिभर्सिटीका सिभिल इन्जिनियर प्रोफेसर रोक्को जिट्टोले जनाएका छन् ।

तत्कालका लागि युनिभर्सिटीबाट नजिकको क्लोभली रेल स्टेसनसम्म मात्र सञ्चालनमा ल्याइएको चालकरहित कारलाई भविष्यमा मुख्य सडकहरुमा समेत गुडाइने बताइएको छ ।


अस्ट्रेलियाका यातायातमन्त्री स्टेफन नोलले यो प्रविधियुक्त सवारीको सफल सुरुआत प्रविधिमा एक कदम अघि बढाएको बताएका छन् । उनले भविष्यमा यस्तो प्रविधि दैनिक जीवनको एक हिस्सा हुने बताउँदै चाकलरहित कारले सडकलाई सुरक्षित हुन मद्दत पुर्‍याउने र यो सुरक्षित रहेको दाबी गरेका छन् ।

न्यु साउथ वेल्स, पश्चिम अस्ट्रेलिया, भिक्टोरिमा समेत यस्तै चालकरहित सवारी साधनको परीक्षण र सञ्चालनको तयारी गरिएको छ ।

Esewa Pasal

प्रकाशित : असार ६, २०७५ १९:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

विद्यालयको नाम फेरियो

कान्तिपुर संवाददाता

नुवाकोट — लिखु गाउँपालिका-६ थानसिङमा रहेको महेन्द्र माविको नाम फेरिएको छ । बुधबार आयोजित एक कार्यक्रममा महेन्द्र महेशदेव माध्यमिक विद्यालय भएको घोषणा गरिएको हो । कार्यक्रममा चन्दादाता स्व‍. महेशदेव पाठकलाई मरणोपरान्त सम्मान गरिएको थियो ।

स्व. पाठकले विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधारका लागि ३७ लाख ५० हजार दिएको लिखु गाउँपालिकाका श्रोत ब्यक्ति महेश्वर पाण्डेले बताए। उक्त अवसरमा स्व‍.पाठककी श्रीमती शुभद्रा र छोरी शारदालाई पनि सम्मान गरिएको थियो।

शैक्षिक विकासमा महेशदेव पाठकले देखाएको उदारता प्रशंसनीय रहेको प्रधानाध्यापक मदन श्रेष्ठले बताए।

प्रकाशित : असार ६, २०७५ १९:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT