कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तारा एयरको उडान सुरु

विद्या राई

काठमाडौँ — तारा एयरले लालुपाते ट्राभल्ससंगको समन्वयमा भोजपुर–काठमाडौ उडान सुरु गरेको छ । बुधबार विहान ९:३३ बजे काठमाडौ–भोजपुर पहिलो उडान भर्‍यो । जिल्लाको एकमात्र टक्सार विमानस्थलमा कालोपत्रे भएपछि पहिलोपटक उडान भरेको हो ।

तारा एयरको उडान सुरु

विगतका बर्षमा पनि उडान भर्दै आएको उक्त एयरले गतबर्षको मंसिर २५ देखि बन्द गरेको थियो । त्यसयता नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले मात्र उडान भर्दै आइरहेका बेला ताराले पुन: उडान थालेपछि यात्रुलाई राजधानी आउजाउ गर्न सहज भएको छ ।


‘एउटैमात्र जहाज हुदा टिकट पाउन मुस्किल हुन्थ्यो, उडान रद्द भैरहन्थ्यो, दुईटा भएपछि सहजै हुदो रहेछ,’ पहिलो उडानबमा विमानस्थल ओर्लिएकी उत्तरा श्रेष्ठले बताइन् ।

निजी क्षेत्रको जहाज थपिएपछि जिल्लाको विकास र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उद्योग वाणिज्य संघका अध्यक्ष डम्बर श्रेष्ठले बताए । ट्राभल्सका रोशन श्रेष्ठले पर्यटन र खेलकुदमा सम्भावनालाई प्रवर्द्धन गर्न तारा जोडिएको बताए। ताराले हप्ताको बुधबार उडान भर्ने सेड्युअल छ । यात्रुको चाप बढेको खण्डमा सेड्युअल थप हुने बताइएको छ । उसले उडान थालेपछि स्थानीयहरु आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने र स्थानीय तहमा अर्थतन्त्र मजबुत हुने आशामा खुसी भएका छन् ।


तत्कालका लागि प्रतिव्यक्ति टिकट दर भोजपुरबाट काठमाण्डौ ४ हजार ६ सय ७५ र काठमाडौंबाट भोजपुर ४ हजार ८ सय ६५ कायम गरिएको जनाइएको छ । यससंगै जिल्लामा उडान भर्ने दुई ओटा कम्पनी भएका छन् । नेपाल वायुसेवा निगमले सोमबारबाहेक हप्ताको ६ पटक काठमाडौ र दुई पटक विराटनगर उडान भर्दै आएको छ ।

प्रकाशित : पुस १९, २०७४ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?