कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चियामा लगानी बालुवामा पानी 

विद्या राई

भोजपुर — चियाले उत्पादन दिन सुरु गरेपनि प्रशोधन तथा बजारीकरणका लागि आवश्यक पुर्वाधारको अभावले बगानै बेवारिसे अवस्थामा छन् । पातबाट चिया बनाउन सकिने अवस्था भएपनि कृषकले प्रशोधन गर्ने ठाउँ पाएका छैनन् ।

चियामा लगानी बालुवामा पानी 

कतिपय बगानका चियाबोट झाँगिएर ठुला–ठुला रुख भैसकेका छन् । कतिपय बगानका बोट कृषकले डाला काटेर फ्याल्दिने गरेका छन् । डेढ दशकअघि करोडौंको लगानीमा विस्तार गरिएका चियाखेती अचेल बालुवामा पानी खन्याएसरह भएको कृषकहरूको गुनासो छ ।


टेम्केमैयुङ ३ छिनामखुस्थित सावित्री थुलुङको सात सय रोपनी, हिन्दुराज बस्नेतको ५० रोपनी, पदमप्रसाद राईको १५ रोपनी, फुर्वा शेर्पाले २८ रोपनीमा र शेरबहादुर बस्नेतले दुई रोपनीमा लगाएको चियाखेती बेवारिसे भएका छन् । चियाले उत्पादन दिन छाडेको बर्षौं भइसक्यो । न प्रशोधन गर्ने ठाउँ छ न बजार छ । उनी केही वर्षअघि हातेचिया बनाउँथे । त्यसबाट लगानी नै नउठेपछि बीचैमा छाडे । गोडमेल र कटिङ गर्नसमेत छाडिदिएका छन् ।

उनीहरुले १५ वर्षअघिदेखि गाउँमा चियाखेती थालेका थिए । आसाम, दार्जि्लिङ, धनकुटाबाट चियाको डाला ल्याएर खेती गरेका थिए । जतिबेला भोजपुर सडक सञ्जालमा जोडिएको थिएन । अहिले मध्यपहाडी राजमार्ग गाउँमा जोडिएको छ तर प्रशोधन गर्ने पूर्वाधार, बजारको अभावले गर्दा चिया बगानमै झाँगिएको छ ।


प्रकाशित : माघ ९, २०७४ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?