कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ताप्लेजुङमा राष्ट्रियसभाको नमुना मतदान

आनन्द गौतम

ताप्लेजुङ — यही माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका मतदातालाई मतदान प्रकृयाको बारेमा जानकारी गराइएको छ । जिल्ला निर्वाचन अधिकारीको कार्यालयले बिहीबार नमुना मतदान समेत गराएको थियो । नमुना मतदानमा १४ जनाको सहभागिता थियो ।

ताप्लेजुङमा राष्ट्रियसभाको नमुना मतदान

जिल्लामा आठ गाउँपालिका, एक नगरपालिका, दुई प्रदेश र समानुपातिक गरी २२ जना सांसद छन् । कोही काठमाडौं र कोही काम विशेषले बाहिर रहेकाले सबै उपस्थित हुन नसकेका हुन् । १४ जनाले गरेको मतदानमा एउटा मत मात्रै बदर भएको थियो । एउटा मतपत्रको संकेत कोठाभन्दा बाहिर पुगेपछि बदर भएको हो ।


ताप्लेजुङका निर्वाचन अधिकारी तथा प्रशिक्षक महेशकुमार ठाकुरले मतदानमा आफू निर्वाचित भएको प्रमाणपत्र लिएर जान सबैलाई सुझाएका छन् । अन्यथा निर्वानमा सहभागी हुन नपाउने ठाकुरले प्रस्ट्याए । कसैको प्रमाण पत्र हराएको भए निर्वाचन कार्यालयले प्रमाण पत्रको प्रतिलिपि उपलब्ध गराउने पनि बताए । प्रदेश १ को मतदान मोरङको विराटनगरमा हुँदैछ ।

प्रकाशित : माघ २१, २०७४ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?