कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक बन्यो गाडी छैन 

आनन्द गौतम

तिब्बत–ओलाङचुङगोला — ताप्लेजुङको ओलाङचुङगोलाबाट चीनको तिब्बत जोड्ने सडकको ट्र्याक खुलेको एक वर्षसम्मपनि गाडी चल्न सकेको छैन । ओलाङचुङगोलाका वालुङ समाजले तीन करोड बढीको लगानीमा २४ किलोमिटर सडक निर्माण गरेका छन् । 

सडक बन्यो गाडी छैन 

सदरमुकाम फुङलिङबाट सडक नजोडिएको र तिब्बतबाट खरिद गर्ने वातावरण नभएकाले स्थानीयवासी मोटरबाटोमा पैदलयात्रा गरिरहेका छन् । भन्सार कार्यालय नभएकाले पनि तिब्बतबाट गाडी खरिद गर्न समस्या रहेको स्थानीय बताउँछन् । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट हेलिकप्टरमा सानो गाडी लाने सोच बनाएपनि बिग्रँदा बनाउनुपर्ने समस्या जस्ता कारणले लैजान नसकिएको स्थानीय बताउँछन् ।


चीन सरकारसँग गाडीकालागी अनुरोध गर्ने या त प्रक्रिया मिलाएर खरिद गर्ने भन्ने विषयमा छलफल भइरहेको सडक उपभोक्ता समितिका अध्यक्ष छेतेन वालुङ बताउँछन् । तिब्बतसँग सडक जोड्न सक्रियता देखाएका चीनकालागी पूर्व नेपाली प्रशासक ताम्ला उक्यावसँग पनि स्थानीयले गाडीका विषयमा छलफल गरेको छेतेनले बताए । यो सडकमा तिब्बतका अधिकारी भने गाडी चढेर ओलाङचुङगोलासम्म आउने गरेका छन् । सडक निर्माणपछि उनीहरु तीनपटक ओलाङचुङगोला आएर फर्किएका थिए ।

गाउँको बसाईंसराइ रोक्न र छिमेकीसँग सडक सञ्जालले जोडिन ओलाङचुङगोलामा जन्मेर देश विदेशमा बसेकाहरुले तीन करोड रुपैयाँ संकलन गरी सडक निर्माण गरेका हुन् । निर्माणको जिम्मा उपभोक्ता समितिले चीनको ठेकदार कम्पनीलाई दिएको थियो ।

स्थानीयले गर्न कठिन हुने, पेट्रोलियम पदार्थ ल्याउन नसकिने भएकाले उनीहरुलाइ जिम्मा दिइएको हो । ओलाङचुङगोलाबाट सदरमुकाम फुङलिङतर्फ जोड्ने सडकको ३० किलोमिटर ट्रयाक खुल्न बाँकी रहेको छ । सुकेटार विमानस्थलबाट सुरु भएको उत्तर-दक्षिण ओलाङचुङगोला लोकमार्गको ४० किलोमिटर ट्रयाक खुलिसकेको छ । बाँकी सडक बिस्तारको काम काठमाडौंको एलाइट कम्पनीले गरिरहेको छ ।


प्रकाशित : असार २५, २०७५ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?