कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डाक्टरहरुको हड्ताल : मारमा बिरामी

काठमाडौँ — नेपाल चिकित्सक संघको आह्वानमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएपछि सर्वसाधारण बिरामी मर्कामा परेका छन् । 

डाक्टरहरुको हड्ताल : मारमा बिरामी

डा. गोविन्द केसीको अनशन २० औँ दिनमा पुगेको दिन बिहीबार नेपाल भरका ठूला सरकारी अस्पतालहरु ठप्प रहे ।

राजधानीका वीर, शिक्षणलगायतका ठूला अस्पतालमा विहानै पुगेका बिरामीहरुले डाक्टर भेट्न पाएनन् । उनीहरु डाक्टरका कोठाचोटा चहारिरहेका भेटिन्थे । विशेष गरेर बालबालिका, वृद्ध र टाढाबाट आएका बिरामीहरु मर्कामा परेको देखिन्थे ।

डाक्टरहरु भने डा. केसीको प्राण रक्षा र उनको माग पुरा गर्न भन्दै माइतीघर मण्डलामा भेला भएका थिए । उनीहरुले डा. केसीको पक्षमा नाराबाजी गर्दै नयाँ बानेश्वरसम्म प्रदर्शन गरे ।

प्रकाशित : श्रावण ३, २०७५ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?