कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुम्लाको हवाई व्यस्तता 

बसन्तप्रताप सिंह

बझाङ — मानसरोवर कैलाश जाने तीर्थयात्रीहरुका कारण वैसाखदेखि असोजसम्म हुम्ला जिल्लाको सदरमुकाम सिमिकोट गुल्जार भएको छ।

हुम्लाको हवाई व्यस्तता 

यहाँको बाटो भएर वर्षेनी १० हजार भन्दा बढी भारतीय श्रद्धालुहरु तिब्बतको धार्मिक तिर्थस्थल मानसरोवर कैलाश जाने गर्दछन् ।


यतिबेला यहाँको विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिको दोस्रो व्यस्त विमानस्थलमा पर्दछ ।

हेलिकप्टर र हवाइजहाज गरेर एकै दिनमा १ सय २० वटासम्म उडान र अवतरण हुने गरेको हुम्लास्थित उड्डयन कार्यालयका अधिकारीहरु बताउँछन् ।

तीर्थालुहरु सुर्खेत र नेपालगन्जबाट विभिन्न एयरलाइन्सका ट्वीनअटर जहाजमार्फत सिमिकोट आउँछन् । सिमिकोटबाट हेलिकप्टर मार्फत हुम्लाको हिल्सा हुँदै मानसरोवर कैलाश पुग्ने गर्दछन् । हिल्सा नेपाल र चीनको सिमामा पर्दछ । हिल्सासम्म चीन सरकारले पक्की सडक पुऱ्याएको छ ।

हिल्सामा हेलिकप्टरमार्फत पुगेपछि तिर्थालुहरु तिब्बतको ताक्लाकोट हुदै मानसरोवर कैलास दर्शनको लागि जाने गर्दछन् ।

प्रकाशित : आश्विन १८, २०७५ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?