कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

बहिराद्वारा सवारी चालक अनुमतिपत्र माग 

कान्तिपुर संवाददाता

काठमाडौँ — सवारी चालक अनुमतिपत्रको माग गर्दै बहिराहरु सडकमा आएका छन् । शुक्रबार उनीहरुले माइतीघर मण्डलामा धर्ना दिए । 

बहिराद्वारा सवारी चालक अनुमतिपत्र माग 

उनीहरुका अनुसार सवारी चालक अनुमतीपत्र नहुँदा संविधानले दिएको समानताको अधिकार हनन् भएको मात्र होइन, अतिआवश्यकीय काम तथा रोजगारीको अवसरहरु समेत पाएका छैनन् ।


राष्ट्रिय बहिरा महासंघले पूर्व सांसद राघव वीर जोशीको संयोजकत्वमा संघर्ष समितिसमेत गठन गरेर चरणबद्ध रुपमा सम्बन्धित निकायहरुमा धाइरहेका छन् । ''उनीहरुको गुनासो छ, यता र यता पठाएर विगत १६ वर्षदेखि झुलाइ रहेका छन्'' उनीहरुको भनाई छ।


महासंघका अध्यक्ष केपी अधिकारीका अनुसार छ वर्षअघि सर्वोच्च अदालतले समेत १ वर्षभित्र बहिराहरुले समेत सवारी चालक अनुमति पाउने व्यवस्था गर्न दिएको परमादेशसमेत सरकारले उल्लंघन गरेको छ ।


प्रकाशित : आश्विन १९, २०७५ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?