कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सात घण्टाको बाटो २० मिनेटमै

सप्तकोशीमा जेटबोट
कान्तिपुर संवाददाता

काठमाडौँ — भोजपुर र धनकुटाको सिमाना अरुण नदीबाट सप्तकोशी हुँदै उदयपुर र सुनसरीको सीमाना चतराघाटतर्फ चल्ने जेटबोटले यात्रु तथा पर्यटकलाई आकर्षण गरेको छ । यात्रु तथा पर्यटक २० मिनेटमा करिब १५ किलोमिटरको दूरी पार गर्छन् ।

सात घण्टाको बाटो २० मिनेटमै

यसले गर्दा सप्तकोशीको तिरैतिर, अक्करे भिरैभिर जोखिम मोलेर पैदल हिड्नुपर्ने बाध्यता टरेको छ । सात घण्टासम्म हिँड्नुपर्ने भौगोलिक अवस्थालाई जेटबोटबाट २० मिनेटमै पार गर्न सम्भव भएको छ ।

यसले गर्दा छिटो, सजिलो र मनोरञ्जन समेत दिएको छ । भोजपुरको दक्षिणी भेग, खोटाङ्गको दक्षिणपुर्वी भेग, धनकुटाको पश्चिम दक्षिण तथा उदयपुरको उत्तरी भेगका बासिन्दालाई सुविधा पुगेको छ ।

प्रकाशित : कार्तिक १४, २०७५ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?