यस्तो बन्दै छ धरहरा

विद्या राई

काठमाडौँ — पहिलेको भन्दा अग्लो र ठूलो धरहरा बन्दैछ । नयाँ बन्ने धरहरा परिसरको क्षेत्रफल ४२.२ हुनेछ ।


पहिले मुगल शैलीमा बनाइएको थियो,अब गुम्बज शैलीको बन्नेछ। पहिले ६१.८८ मिटर थियो, अब गजुरसहित ७२ मिटर अग्लो हुनेछ।

पहिले ९ तलाको रहेकोमा अब २२ तलाको बन्नेछ। दुईवटा लिफ्ट राखिनेछन्। भर्‍याङ पनि हुनेछ।

भुकम्पले भत्काएको पुरानो धरहराको ठुटोलाई टेम्पर ग्लासले छोपेर राखिनेछ। परिसरमा संग्राहालय, पार्किङ, क्यान्टिनको सुविधा हुनेछ।

कूल लागत ३ अर्ब ४८ करोड रुपैयाँ रहेको धरहरा निर्माण अबको दुई वर्षभित्र सक्ने लक्ष्य राखिएको छ।

प्रकाशित : मंसिर ९, २०७५ १८:३१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

स्थानीय तहमा हाकिम फेरिएको फेरियै

कान्तिपुर संवाददाता

राजविराज — राजविराज नगरपालिका पछिल्लो २ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन छ ।

प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको बोर्ड बैठक पनि बस्न सकेको छैन। यसले विकासका गतिविधि पनि प्रभावित बनेको छ।

नगरपालिका क्षेत्रभित्र बसपार्क, हटियाको कम्प्लेक्स निर्माण लगायत भौतिक विकासका काम भइरहँदा प्रमुख प्रशासकीय अधिकृत नहुँदा नीतिगत निर्णय, भुक्तानीका काम प्रभावित भएका छन्। गत असोज १८ गते बिदा लिएर अमेरिका गएका प्रमुख प्रशासकीय अधिकृत चन्द्रबहादुर कार्की स्वदेश फर्के पनि हाजिर भएका छैनन्। उनी मन्त्रालयमै गएर हाजिर भएको बुझिएको छ।

नगरपालिका प्रमुख शम्भु यादवले प्रशासकीय अधिकृत नहुँदा हरेक काम प्रभावित भएको बताए। ‘बोर्ड बैठक बस्न सकेको छैन, विकासका गतिविधि अघि बढ्न सकेका छैनन्,’ उनले भने,‘कार्की नआए अर्को प्रमुख प्रशासकिय अधिकृत पठाउन पटक–पटक मन्त्रालयमा आग्रह गरिसकेँ।’ यहाँ उपसचिवस्तरको दरबन्दी छ। ‘प्रमुख प्रशासकीय अधिकृत नहुँदा कसरी काम अघि बढाउनु?’ मेयर यादवले भने, ‘अझ पर्याप्त कर्मचारी पनि छैनन्।’

राजविराज नगरपालिकामा जनप्रतिनिधि आएको डेढ वर्षको अवधिमा ३ प्रशासकीय अधिकृत फेरिएका छन्। जनप्रतिनिधि निर्वाचित भएर पदास्थापन हुँदा उमेशकुमार यादव प्रमुख प्रशासकीय अधिकृत थिए। उनी केही दिनपछि सप्तरीकै बोदेवरसाइन नगरपालिकामा सरुवा भए। उनको स्थानमा धीरेन्द्र यादव आए। धीरेन्द्रपछि चन्द्रबहादुर कार्की आएका थिए।

राजविराज नगरपालिका मात्र होइन्, जिल्लाका अधिकांश स्थानीय तहमा पछिल्लो डेढ वर्षको अवधिमा ३/४ जना प्रमुख प्रसाशकीय अधिकृत फेरिएका छन्।

कतै जनप्रतिनिधिसित कुरा नमिल्दा त कतै आफ्नै कारणले प्रमुख प्रशासकीय अधिकृतहरू जिल्लामा फरिने गर्छन्। जिल्लाका अधिकांश स्थानीय तहमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा काम प्रभावित बन्दै आएको छ।

प्रकाशित : मंसिर ९, २०७५ १८:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT