कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनजातिद्वारा सार्वजनिक बिदा पुनर्स्थापनाको माग

काठमाडौँ — आदिवासी जनजाति समुदायले साँस्कृतिक पर्वहरूमा दिइदै आएकाे सार्वजानिक विदा पुनर्स्थापनाकाे माग गरेको छ । विदा पुनस्थापनाको माग गर्दै उनीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

जनजातिद्वारा सार्वजनिक बिदा पुनर्स्थापनाको माग

गुरुङ, तामाङ, शर्पा समुदायको तमु, सोनाम, ग्याल्बो ल्होछार, किरात समुदायको चासोक तङनाम, उधौली, उभौली, मगरलगायतका माघी पर्व, माघे संक्रान्तिको सार्वजनिक बिदा कटौतीको निर्णय फिर्ता गर्नुपर्नेजस्ता प्लेकार्ड, जातीय संस्थाहरुको झन्डा, व्यानरसहित ति समुदायका व्यक्तिहरुले प्रदर्शन गरेका हुन् ।

गत चैत दोस्रो साता बसेको मन्त्रिपरिषद् बैठकले ल्होसार, क्रिसमस, छठ, माघीजस्ता बिदा सम्बन्धित समुदाय, धर्मावलम्बी या भेग विशेषलाई मात्र दिने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयपछि जनजातिलगायत सम्बन्धित समुदाय विभिन्न खाले दबाबमूलक आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित : पुस ५, २०७५ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?