कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उत्तरकोरिया विरुद्ध मुद्दा हाल्ने जापानको तयारी

रासस/सिन्ह्वा

टोकियो — जापानको एक परिवारले आफ्ना आफन्तजनलाई उत्तर कोरियाले अपहरण गरेको दाबी गर्दै त्यसका विरुद्ध अदालत जाने बताएको छ । 

यस प्रकार अपहरण गर्नेको खोजी गर्न र उत्तर कोरियाली नेतालगायत अपहरणका समर्थक समूहलाई सजायको माग गर्दै उक्त जापानी परिवार अन्तरराष्ट्रिय फौजदारी अदालत जाने बताइएको हो ।


उक्त जापानी परिवारले आगामी हप्ता फौजदारी अदालतमा मुद्दा दायर गर्ने जानकारी शुक्रबार टोकियोमा पत्रकार सम्मेलनको आयोजना गरी दिएको बताइएको छ ।


जापानी भाषा र संस्कृति जबरजस्ती सिकाउन खोजेको आरोप लगाउँदै सन् १९७० देखि १९८० सम्म १३ जना जापानीजलाई उत्तर कोरियाले अपहरण गरेको उनीहरुको दाबी रही आएको छ ।


अपहरणमा परेका ती जापानी नागरिकमा पाँचजना जापान फर्किएका छन् भने आठ जनाको यसअघि नै मृत्यु भएको जनाइएको थियो ।


टोकियोका अनुसार कम्तीमा १७ व्यक्ति उत्तर कोरियामा अपहरणमा परेका थिए । तर आफन्तजनले भने कम्तीमा पनि ४७० जना जापानी हराएका अर्थात उत्तर कोरियामा रहेका छन् ।

प्रकाशित : माघ ५, २०७४ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?