कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसियाली वन्यजन्तु तस्कर पक्राउ

बीबीसी

बैंकक — थाई प्रहरीले एसियाकै ठूलो वन्यजन्तु तस्करी सञ्जालका प्रमुखलाई पक्राउ गरेको दाबी गरेको छ । पक्राउ पर्नेमा ४० वर्षीय बोनचाई बच रहेका छन् । 

अधिकारीका अनुसार उनी भियतनामी मूलका थाई नागरिक हुन् । उनी लाओससँगको सीमाक्षेत्रबाट पक्राउ परेका हुन् । लाओस एसिया तथा अफ्रिकाबाट वन्यजन्तुका बहुमूल्य अंग चीन तथा भियतनामका व्यापारीलाई बेच्न तस्करी गर्ने प्रमुख बाटो मानिन्छ । बचलाई गैंडाको सिङ र हात्तीका दाँत तस्करी गरेको आरोपमा ४ वर्षसम्म जेल सजाय सामना गर्ने जनाइएको छ । वन्यजन्तु तस्करी कालो बजारको एक आकर्षक व्यापार हो । प्रहरीका अनुसार बच एक दशकदेखि एसियाली देशमा हुने वन्यजन्तु तस्करीको ‘नाइके’ हुन् । उनीमाथि अफ्रिकाबाट थाइल्यान्डमा १० लाख डलर मूल्यबराबरका १४ वटा गैंडाका सिङ तस्करी गरेको आरोप छ । गत वर्ष उनको तस्करी सञ्जालका कतिपय मानिस पक्राउ परेपछि उनी निष्क्रियजस्तै थिए ।


प्रहरीले उनीविरुद्ध मुद्दा दायर गर्नका लागि आफूहरूसँग यथेष्ट प्रमाण रहेको बताएको छ । वन्यजन्तु तस्करीविरुद्ध क्रियाशील संस्था ‘फ्रिल्यान्ड’ ले उनको पक्राउसँगै एसिया क्षेत्रमा वन्यजन्तु तस्करीका घटनामा उल्लेख्य कमी आउने आस गरेको छ । ‘फ्रिल्यान्ड’ ले बचविरुद्ध प्रमाण संकलनका लागि समेत सहयोग गरेको थियो ।

प्रकाशित : माघ ७, २०७४ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?