कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दक्षिण अफ्रिकाको राष्ट्रपतिमा रामाफोसा

बीबीसी

केपटाउन — राष्ट्रपति ज्याकोब जुमाले राजीनामा दिएपछि सिरिल रामाफोसा दक्षिण अफ्रिकाको राष्ट्रपतिमा चयन भएका छन् । 

दक्षिण अफ्रिकाको राष्ट्रपतिमा रामाफोसा

संसदमा बिहीबार राष्ट्रपतिका लागि उनले मात्र मनोनयन दर्ता गरेपछि उनी राष्ट्रपतिमा चयन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरिएसँगै सत्तारूढ दल अफ्रिकी नेसनल कंग्रेस (एएनसी) का सांसदहरूले गीत गाएर खुसियाली मनाएका थिए । निर्वाचित भएलगत्तै संसद्मा गरेको छोटो सम्बोधनका क्रममा रामाफोसाले भ्रष्टाचार नियन्त्रण आफ्नो मुख्य लक्ष्य भएको बताए । संसद्को विपक्षी दल द इकोनोमिक फ्रिडम फाइटर पार्टीका सदस्यहरूले राष्ट्रपतिको चयनभन्दा पनि नयाँ निर्वाचनको माग गर्दै संसद्बाट बाहिरिएका थिए ।


रामाफोसा रंगभेदविरोधी गतिविधिमा संलग्न भएको आरोपमा १९७४ र १९७६ मा थुनिएका थिए । उनी १९९० मा नेल्सन मण्डेलालाई थुनामुक्त गर्न तयारीका लागि गठित समितिका अध्यक्ष बनेका थिए । उनी नेल्सन मण्डेलापछि १९९९ मा राष्ट्रपति हुने अपेक्षा गरिए पनि अन्तिम समयमा थाबो एम्बेकी चयन भएका थिए ।

प्रकाशित : फाल्गुन ४, २०७४ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?