कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिरिया संकट अन्त्य गर्ने सहमति

एएफपी

अंकारा — अमेरिका र टर्की उत्तरी सिरियामा जारी द्वन्द्व अन्त्य गर्न सहमत भएका छन् । दुवै देशले त्यसका लागि आवश्यक गृहकार्य गर्न तत्काल संयुक्त टोली गठन गर्ने जनाएका छन् । 

अमेरिकी रक्षामन्त्री रेक्स टिलरसन र उनका टर्किस समकक्षी मेभ्लुट काभुसोग्लुबीच टर्कीको राजधानी अंकारामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दुई देशबीच विवाद अन्त्य गर्ने सहमति भएको जनाइएको हो ।


पत्रकार सम्मेलनमा टिलरसनले भने, ‘दुई देशबीचको संयुक्त टोलीले मानविजलाई पहिलो प्राथमिकता दिनेछ ।’ सम्मेलनमा उनले आफ्नो सीमाक्षेत्रको सुरक्षा गर्नु टर्कीको वैधानिक अधिकार भएको बताएका थिए । तर उनले टर्कीले त्यसका लागि अफ्रिन क्षेत्रमा जारी कारबाहीका क्रममा सर्वसाधारणको हताहती नहोस् भन्नेतर्फ ध्यान दिन सुझाव दिए । दुई देशबीच खासगरी मानविज सहरका विषयमा मतभेद जारी छ । टर्कीले मानविजमा रहेका कुर्दिस फौज वाईपीजीविरुद्ध आक्रमण गर्ने चेतावनी दिएसँगै दुई देशबीचको तनाव बढेको हो ।


टर्कीले जनवरी २० देखि वाईपीजीविरुद्ध ‘ओलिभ ब्रान्च’ नामक कारबाही गर्दै आएको छ । वाईपीजी इस्लामिक स्टेटविरुद्धको कारबाहीमा अमेरिकाको साझेदार हो । अफ्रिनको पूर्वी क्षेत्रमा पर्ने मानविज सहर वाईपीजी नियन्त्रित क्षेत्र हो । टर्कीले सीमाक्षेत्रको सिरियाली सहर अफ्रिनमा आक्रमण गर्दै आएको छ ।

प्रकाशित : फाल्गुन ५, २०७४ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?