कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोहिंग्या फिर्तीबारे म्यान्मारमा बैठक

एएफपी

याङ्गुन — बंगलादेशमा रहेका म्यान्मारका रोहिंग्या शरणार्थीलाई फिर्ता गर्ने सम्बन्धमा दुवै देशका अधिकारीबीच छलफल सुरु भएको छ । म्यान्मारको राखिन राज्यको तुङ पो लेतामा सुरु भएको छलफलमा दुवै देशका सीमा अधिकारी पनि सहभागी छन् ।

यसअघि दुवै देशबीच दुई महिनाभित्र रोहिंग्या शरणार्थी फिर्ता गर्ने सहमति भएको थियो । उक्त सहमति पूर्ण कार्यान्वयन नभए पनि केही शरणार्थी भने स्वदेश फर्किसकेका छन् । केही शरणार्थीहरू बंगलादेश जाने क्रममा र केही राखिनमै फर्किने क्रममा दुवै देशको ‘जिरो लाइन’ मा छन् । सुरक्षाकर्मीले चलाएको कारबाहीपछि राखिन राज्यका रोहिंग्या समुदायले गत अगस्ट २५ देखि देश छाड्न सुरु गरेका थिए । उनीहरूलाई स्वदेश फिर्ता गर्नका लागि गत अक्टोबरमा एक समिति नै गठन गरिएको थियो । सरकारी सुरक्षाकर्मीको पछिल्लो अभियानलाई अमेरिकासहितका मुलुकले रोहिंग्यालाई राखिनबाट हटाउने प्रयास भनी आलोचना गर्दै आएका छन् । रोहिंग्यालाई स्वदेश फर्काउने प्रक्रिया कहिलेसम्म सम्पन्न हुनेछ भन्ने विषयमा दुवै पक्षले प्रस्ट बोलेका छैनन् । बैठकले यी विषयमा पनि निर्णय गर्ने अपेक्षा गरिएको जनाइएको छ ।

प्रकाशित : फाल्गुन १०, २०७४ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?