कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अफगानिस्तानमा २७ सुरक्षाकर्मी मारिए

बीबीसी

काबुल — अफगानिस्तानमा शनिबार गराइएका छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २७ सुरक्षाकर्मी मारिएका छन् । अधिकारीका अनुसार मारिनेमध्ये अधिकांश सैनिक छन् । 

अफगानिस्तानमा २७ सुरक्षाकर्मी मारिए

पश्चिमी प्रान्त फराहको सैनिक पोस्टमा शनिबार तालिवान विद्रोहीले गरेको आक्रमणमा २२ सैनिकको मृत्यु भएको छ । त्यसैगरी राजधानी काबुलमा गरिएको आत्मघाती हमलामा ३ सुरक्षाकर्मीको मृत्यु भएको छ ।


हेल्मन्ड प्रान्तको दक्षिणी क्षेत्रमा गरिएको अर्को आक्रमणमा दुई सैनिक मारिएको प्रहरीले जनाएको छ । घटनामा एक महिला र बालक घाइते भएका छन् । सबै घटनाको इस्लामिक स्टेटले जिम्मेवारी लिएको बीबीसीले जनाएको छ ।

प्रकाशित : फाल्गुन १३, २०७४ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?