कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'नर्दन ह्वाईट' गैंडा प्रजातिकै अन्तिम भालेको मृत्यु

अब विश्वमा यो प्रजातिको २ वटा पोथी मात्रै जिवित
बीबीसी

केन्या — विश्वको अन्तिम 'नर्दन ह्वाईट' गैंडाको भाले 'सुडान'को मृत्यु भएको छ । ४५ वर्षिय उक्त गैंडा आफ्नो प्रजातिको अन्तिम भालेका रुपमा केन्याको ओल पेजेता कन्जरभेन्सीमा संरक्षण दिई राखिएको थियो ।

'नर्दन ह्वाईट' गैंडा प्रजातिकै अन्तिम भालेको मृत्यु

उक्त गैंडा प्रजातिको अन्तिम भाले सुडान निकै वृद्ध भएका कारण केही समयदेखि बिरामी रहेको र त्यसमा देखिएको संक्रमण उपचार गर्न नमिल्ने गरी फैलिएको बताइएको छ ।


अब विश्वमा यो प्रजातिको गैंडाका २ वटा पोथी मात्रै बाँकि छन् । तिनलाई कृत्रिम गर्भाधारण गराएर यो प्रजातिलाई सधैंका लागि लोप हुन नदिन संरक्षणकर्ताहरु लागिपरेका छन् ।

प्रकाशित : चैत्र ६, २०७४ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?