कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

माल्दिभ्समा संकटकाल हट्यो

एजेन्सी

माले — माल्दिभ्समा डेढ महिनाअघि घोषित संकटकाल हटेको छ । राष्ट्रपति अब्दुल्लाह यमिनद्वारा जारी विज्ञप्तिमा ४५ दिनदेखि जारी संकटकाल बिहीबारबाट हटेको जनाइएको छ ।

विज्ञप्तिअनुसार ‘सर्वोच्च अदालतका दुई न्यायाधीशले सरकारलाई सत्ताबाट हटाउने अभिप्रायका राजनीतिक नेतृत्वसँग मिलेर निर्णय गरेपछि घोषणा भएको संकटकाल मार्च २२ देखि लागू हुने गरी हटाइएको’ उल्लेख छ ।
सर्वोच्च अदालतले फेब्रुअरी १ मा थुनामा रहेका प्रतिपक्षी दलका नेता तथा निर्वासनमा रहेका पूर्वराष्ट्रपति मोहमद नसिदको पक्षमा फैसला गरेपछि माल्दिभ्समा राजनीतिक संकट उत्पन्न भएको थियो । उक्त निर्णयले राष्ट्रिय सुरक्षामा संकट उत्पन्न भएको दाबी गर्दै राष्ट्रपति यमिनले गत फेब्रुअरी ५ देखि १५ दिनका लागि संकटकाल घोषणा गरे पनि ३० दिन थप गरी ४५ दिन पुर्‍याइएको थियो ।

संकटकाल घोषणा भएपछि संवैधानिक सरकारविरुद्ध षड्यन्त्र गरेको आरोपमा प्रधानन्यायाधीश, एक न्यायाधीश तथा पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुमलाई पक्राउ गरिएको थियो ।

प्रकाशित : चैत्र ९, २०७४ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?