कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युट्युब मुख्यालयमा गोली चल्दा ३ घाइते

गोली प्रहार गर्ने महिलाले गरिन् आत्महत्या
बीबीसी

अमेरिका — अमेरिकाको उत्तरी क्यालिफोर्नियास्थित युट्युबको मुख्यालयमा गोली चल्दा ३ जना घाइते भएका छन् भने गोली चलाउने महिलाको मृत्यु भएको छ । ती महिलाले अन्यलाई हमला गरेपछि आफैँलाई गोली हानेकी थिइन्।

युट्युब मुख्यालयमा गोली चल्दा ३ घाइते

प्रहरीका अनुसार गोली चल्दा घाइते भएका सबैलाई अस्पतालमा लगिएको छ । उक्त घटनाम घाइते भएका एक ३६ वर्षीय युवकको अवस्था भने गम्भीर रहेको छ। समाचार एजेन्सीहरुका गम्भिर घाइते युवक सन्दिग्ध महिलाका प्रेमी हुन् ।


हमलामा ३२ र २७ वर्षका दुई महिलालाई पनि गोली लागेको छ । गोली लाग्ने ३२ वर्षकी महिलाको अवस्था पनि चिन्ताजनक रहेको र २७ वर्षीया महिलाको भने अवस्थामा सुधार आएको बताइएको छ।


उक्त घटना युट्युबको सान ब्रुनोस्थित मुख्यालयमा भएको थियो र प्रहरीले उक्त घटनाबारे छानबिन गरिरहेको छ। युट्युब मुख्यालयमा गोली चलेको खबर पाउने वित्तिकै प्रहरीहरु परिचालन गरिएको बताइएको छ ।


युट्युब मुख्यालयमा करिब १७ सय मानिसहरू कार्यरत छन्। स्थानीय टेलिभिजनहरूले प्रशारण गरेका तस्बिरमा कर्मचारीहरू हात माथि उठाएर कार्यालयबाट बाहिर निस्किएका थिए।


अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त घटनाबारे आफूलाई जानकारी गराइएको बताएका छन्।

प्रकाशित : चैत्र २१, २०७४ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?