कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

मेक्सिकोमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु

रासस/सिन्ह्वा

मेक्सिको सिटी — मेक्सिकोमा दुई पक्ष बीच भएको गोली हानाहानको घटनामा परी कम्तीमा १६ जना व्यक्तिको मृत्यु भएको छ ।

मेक्सिकोमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु

प्रहरी र अपराधिक समुहकाबीच भएको भिडन्तमा परी मारिनेमा दश जना अपराधिक समुहका र ६ जना प्रहरी अधिकारीहरु रहेका जनाइएको छ ।


मेस्किकोको गुइरेरो राज्य अन्तर्गत पर्ने तटिय क्षेत्र झिहाउतानेगोमा भएको भिडन्तमा उनीहरु मारिएका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

गुइरेरोका सुरक्षा प्रवक्ता रोबर्ट अल्भारेज हेरेडियाले सो घटनामा मानवीय क्षति नै मंगलबार दिउसो पुष्टि गरेको बताएका छन् ।


ड्युटीमा खटिएका प्रहरीलाई अपराधिक समुहको तर्फबाट पहिला आक्रमण भएको र पछि प्रहरीले जवाफी कारबाही गरेको सुरक्षा प्रवक्ताको भनाई छ । दुई पक्षकाबीचमा झण्डै ३० मिनेट भिडन्त भएको थियो ।


राज्यका महान्यायाधिवक्ताले घटनाका बारेमा अनुसन्धान गरी यस्ता घटना दोहोरिन नदिनका लागि आवश्यक व्यवस्था गर्न निर्देशन दिएका छन् ।


गुइरेरो पछिल्लो दुई वर्षमा अत्याधिक धेरै हिंसा हुने मेक्सिकोको राज्य हो । यस अवधिमा यस राज्यमा मात्रै २२ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रकाशित : वैशाख ६, २०७५ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?