कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आशारामलाई आजीवन कारावास

एजेन्सी

जोधपुर — भारतको राजस्थानस्थित जोधपुर अदालतले धर्मगुरु आशारामलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको छ । १६ वर्षीया किशोरीमाथि बलात्कार मुद्दामा अदालतले ७७ वर्षीय आशारामलाई दोषी ठहर गरेको हो ।

आशारामलाई आजीवन कारावास

विशेष अदालतका न्यायाधीश मधुसुधन शर्माले आशाराममाथि करिब ५ वर्ष पहिले उनकै अनुयायी परिवारकी किशोरीलाई बलात्कार गरेको आरोपबारे विचाराधीन रहेको मुद्दाको फैसला बुधबार सुनाएका हुन् ।

बलात्कार आरोप लागेका आशारामका अन्य दुई सहयोगीहरू शरतचन्द्र छिन्दवाडा र शिल्पी छिन्दवाडालाई पनि २०/२० वर्षको जेल सजाय सुनाइएको छ । शरतचन्द्र आशारामको आश्रमका निर्देशक थिए भने शिल्पी वार्डेन थिइन् । प्रकाश र शिव नामका अन्य दुई सहयोगीलाई भने सफाइ दिइएको छ । बलात्कारको आरोपछि आशारामलाई पक्राउ गरी २ सेप्टेम्बर २०१३ मा न्यायिक हिरासतका लागि पठाइएको थियो । त्यसयता उनी जोधपुर जेलमै छन् । आशारामका तर्फबाट अहिलेसम्म १२ वटा जमानत माग गरिएकोमा सबै अस्वीकार गरिएका थिए ।

आशारामका समर्थकहरूले प्रत्यक्षदर्शीहरूलाई आक्रमण गर्दै आएका छन् । आशारामका निजी सहायक अमृत प्रजापतिको २०१४ मेमा गोली हानी हत्या गरिएको थियो भने उनको किचेनमा काम गर्ने अखिल गुप्ताको २०१५ मा हत्या गरियो । यस्तै, प्रत्यक्षदर्शीहरू राहुल सचान र महेन्द्र चावलालाई पनि गोली तथा छुरी प्रहारबाट हत्या गरिएको थियो ।
आशारामका १९ देशमा ४ सय आश्रम छन् भने उनका विश्वभर ४ करोड भक्त रहेको अनुमान छ ।

प्रकाशित : वैशाख १३, २०७५ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?