कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ग्यास आक्रमणमा ४५ छात्रा घाइते

रासस/सिन्ह्वा

तालुक्वान, अफगानिस्तान — अफगानिस्तानको उत्तरी प्रान्तमा विद्यालयका छात्राहरूमाथि भएको ग्यास आक्रमणमा परी कम्तिमा ४५ छात्रा घाइते भएका छन् । 

ग्यास आक्रमणमा ४५ छात्रा घाइते

घाइतेहरू सबैलाई स्थानीय अस्पतालहरूमा उपचारका लागि भर्ना गरिएको अफगानी अधिकारीले जनाएका छन् । अफगानिस्तानको ताखार प्रान्तमा बिहीबार यो घटना भएको हो ।


‘खवाजा बौद्धिन जिल्लामा रहेको बानान मिडल स्कूलका छात्राहरूमाथि कक्षा कोठामै आक्रमण भएको हो, आक्रमणमा परी ४५ भन्दा बढी छात्रा घाइते भएका छन्,’ प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल खलिल असिरले भने ।


उनले घाइते सवैलाई स्थानीय अस्पतालहरुमा उपचार गरिएको बताए । प्रभावित विद्यार्थीहरूले दुर्गन्धित ग्यास जोडले कोठा भित्र पसेको बताएका छन् ।


घटनाका बारेमा तत्काल अनुसन्धान सुरु गर्न र दोषीलाई कारबाही गर्न निर्देशन दिइसकिएको प्रहरी प्रवक्ता असिरले बताए।


अफगानिस्तानमा लडाकूहरूले बेला बेलामा विद्यालयहरूमा यस्ता आक्रमण गर्ने गरेका छन् ।

प्रकाशित : वैशाख २०, २०७५ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?