‘चीनसँग इतिहासकै राम्रो सम्बन्ध’

सिन्हवा

सेन्ट पिटर्सबर्ग — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस–चीन सम्बन्ध इतिहासकै सबैभन्दा राम्रो भएको बताएका छन् । सिन्हवा समाचार संस्थाका प्रधान सम्पादक हे पिङसँगको अन्तर्वार्ताका क्रममा पुटिनले भने, ‘दुई देशबीचको रणनीतिक साझेदारीको अवस्था हेर्दा इतिहासकै सबैभन्दा राम्रो छ ।’

उनले दुई देशबीचको सम्बन्धलाई पुन: परिभाषित गर्नु आवश्यक नभएको बताए । पुटिनले भने, ‘पछिल्लो समय रुस र चीन सम्बन्ध नयाँ उचाइमा पुगेको छ ।’

चिनियाँ कम्युनिस्ट पार्टीको १९औं कंग्रेसपछि चीनसँग रुसको सम्बन्ध थप सुमधुर भएको दाबी गरे । उनले भने, ‘रुस र चीनबीच आगामी सम्बन्ध अझ राम्रो बढाउन १९ औं कंग्रेसले उपयुक्त वातावरणको सिर्जना गरेको छ ।’ अन्तर्वार्तामा पुटिनले पछिल्लो समयमा उत्तर कोरियाले शान्तिवार्ताका लागि गरेको अग्रसरताको स्वागत गर्दै यसमा चीनले गरेको सहयोगको पक्षमा आफू पनि रहेको बताए ।

उनले भने, ‘दुई कोरियाबीच वार्ताको वातावरणका लागि चीनले सकारात्मक भूमिका निर्वाह गरेको छ । यसमा रुसको पनि समर्थन छ ।’ पुटिनले दुई कोरियाबीचको वार्ताले कोरियाली द्वीपमा मात्र नभई विश्वमै शान्ति स्थापनामा ठूलो सहयोग पुग्ने पुटिनले बताए । यद्यपि, उनले उत्तर कोरिया र अमेरिकाबीच हुने भनिएको वार्ताका विषयमा भने कुनै टिप्पणी गरेनन् । अन्तर्वार्तामा पुटिनले चीनसँगको व्यापारिक सम्बन्धबाट आफू पछिल्लो समयमा निकै सन्तुष्ट रहेको बताए । उनले व्यापारिक सम्बन्धले पनि रुस र चीनको सम्बन्धमा थप उचाइ बढाएकामा जोड दिएका छन् ।

रुस र चीनको कूटनीतिक र व्यापारिक सम्बन्धमा कुनै पनि समस्या नरहेको भन्दै हालैका वर्षहरूमा व्यापारमा वृद्धि भएको जनाए । रुसको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनसँग वार्षिक करिब ८६ अर्ब अमेरिकी डलर बराबरको व्यापार हुने गरेको छ । पुटिनले तेल, ग्यास, आणविक ऊर्जा, प्रविधि, कृषिलगायत क्षेत्रमा दुई देशबीच समन्वय रहेको उल्लेख गरे ।

Yamaha

Esewa Pasal

प्रकाशित : जेष्ठ १३, २०७५ ०८:५५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

किम र मुनबीच आकस्मिक भेट

बीबीसी

सोल — उत्तर र दक्षिण कोरियाली नेताले शनिबार आकस्मिक भेटवार्ता गरेका छन् । दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनबीच दुई देशको सीमाको गैरसैनिक क्षेत्रमा भेटवार्ता भएको हो ।

किम र मुनबीच दोस्रोपटक भेटवार्ता भएको हो । यसअघि गत अप्रिलमा उनीहरूबीच भेटवार्ता भएको थियो ।

दुई नेताबीच अमेरिका र उत्तर कोरियाबीच आगामी महिना हुने भनिएको वार्ताका विषयमा कुराकानी भएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एकतर्फी रूपमा उत्तर कोरियासँगको वार्ता रद्द गरेको घोषणा गरेका थिए। तर उनले शुक्रबार निर्धारित समयमै वार्ता हुन सक्ने संकेत गरे। दक्षिण कोरियाली राष्ट्रपति मुनको कार्यालयका अनुसार दुई नेताबीच शनिबार दिउँसो ३ देखि ५ बजेको समयमा भेटवार्ता भएको हो । ‘दुवै नेताहरूले उत्तर कोरिया र अमेरिकाबीचको शिखर वार्ताबारे आ–आफ्नो विचार’ राखेको अधिकारीले बताए।

राष्ट्रपति मुनले वार्ताको थप विवरण भने आइतबार मात्रै सार्वजनिक गर्ने जनाइएको छ । गत अप्रिल २७ मा भएको शिखर बैठकमा किम र मुनबीच सन् १९५३ मा कोरियाली द्वीपमा भएको युद्धबिरामलाई स्थायी शान्तिमा रूपान्तरण गर्न सहमत भएका थिए । बैठकमा उत्तर कोरिया नि:शस्त्रीकरण गर्न सहमत भएको थियो । त्यसका लागि उत्तर कोरियाले पुङ्गे–रीस्थित परमाणु परीक्षण केन्द्र ध्वस्त पारिसकेको छ । त्यसको केही घण्टामै ट्रम्पले बिहीबार ‘अथाह आतंक र खुला शत्रुता’ को कारण देखाउँदै जुन १२ मा सिंगापुरमा हुने भनिएको वार्ता रद्द गरेका थिए ।

प्रकाशित : जेष्ठ १३, २०७५ ०८:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT