कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पत्रकारको हत्या रुसले गराएको युक्रेनको आरोप 

रासस

किभ — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक रहेका एक रुसी पत्रकार अर्काडी बाब्चेन्कोको युक्रेनको राजधानी किभमा स्थानीय समय अनुसार मंगलबार साँझ गोली हानी हत्या गरिएको छ । 

पत्रकारको हत्या रुसले गराएको युक्रेनको आरोप 

ती पत्रकारले युक्रेनबाट क्राइमिया टुक्रिने समयमा पुटिनको भूमिकाको निकै विरोध गरेका थिए । राजधानी मस्कोमा रहेर पत्रकारिता गरिरहेका उनी त्यसपछि भागेर प्राग पुगेका र पछि किभमा बस्दै आएका थिए । उनलाई के कस्तो असुरक्षा थिए भन्ने बारेमा केही खुलेको छैन । उनको हत्यापछि प्रहरीले अनुसन्धान सुरु भएको बताएको छ ।


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको विरुद्धमा उनले केही समय अघि निकै समाचारहरु लेखेका थिए । उनी रुसका एकजना चर्चित र खोज पत्रकारको रुपमा काम गरिरहेका बताइएको थियो ।


प्रहरीले उनलाई निकै पहिलादेखि नै पछ्याएर र सुनियोजित रुपमा हत्या गरिएको संकेत मिलेको जनाएको छ ।


उनलाई गोली हानेको आवाज सुनेको र घटनास्थलमा पुग्दा उनको अवस्था निकै गम्भीर पाएको उनकी श्रीमतीले बताएकी छिन् ।


उनी रुसको आलोचकका रुपमा किभमा मारिने दुई वर्ष यताका दोस्रो पत्रकार हुन् । दुई वर्षअघि पनि उनीजस्तै अर्का रुसका आलोचक पत्रकारको किभमा नै हत्या भएको थियो ।


प्रकाशित : जेष्ठ १६, २०७५ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?