स्पेनका नयाँ प्रधानमन्त्री सान्चेज को हुन् ? 

सीएनएन/बीबीसी

मड्रिड — स्पेनी प्रधानमन्त्री मारियानो राखोयविरुद्ध संसद्‌मा शुक्रबार पेस भएको अविश्वास प्रस्तावमा पराजित भएपछि सरकार ढलेको छ । 



Yamaha

एक भ्रष्टाचार मुद्दामा विवादित राखोयोविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका समाजवादी नेता पेद्रो सान्चेज नयाँ प्रधानमन्त्री बनेका छन्। ‘हामीले हाम्रो देशको लोकतन्त्रको इतिहासमा नयाँ निर्णय गर्दै छौं,’ शुक्रबारको मतदानका क्रममा सान्चेजले भने।

राखोय आधुनिक स्पेनको इतिहासमा संसद्‌मा अविश्वासको पराजित हुने पहिलो प्रधानमन्त्री हुन्। स्पेनमा सन् २०११ देखि कन्जरभेटिभ पार्टीका नेता प्रधानमन्त्री भएका थिए।

शुक्रबार हुने मतदानमा पराजित हुने लगभग निश्चित भएपछि राखोयले सांसदहरुलाई सम्बोधन गर्दै ‘आफूले पाएको भन्दा निकै राम्रो स्पेन छाड्न पाउँदा निकै सम्मानित महसुस गरेको’ बताएका थिए। साथै उनले नयाँ प्रधानमन्त्री साञ्चेजलाई बधाई तथा शुभकामनासमेत दिएका छन्।

साञ्चेजले बास्क्यु नेसनलिस्ट लगायतका विभिन्न साना दलको समर्थन पाएपछि बहुमत प्राप्त गरेका हुन्। शुक्रबारको मतदानमा सान्चेजले १ सय ८० सांसदको मत पाएका थिए भने, राखोयसँग १ सय ६९ सांसदको समर्थन मात्रै रह्यो। ३ सय ५० सदस्य रहेको स्पेनी संसद्मा एक सांसद अनुपस्थित भएका थिए।

राखोयको दलका एक पूर्व कोषध्यक्षलाई भ्रष्टाचारको आरोपमा ३३ वर्षको काराबास सजाय सुनाइएपछि स्पेनमा निकै चर्चा सुरु भएको थियो। सान्चेजले ६३ वर्षीय राखोयले आफ्नो पार्टीको संलग्नताबारे उनले उत्तरदायित्व लिन असफल भएको भन्दै संसद्मा अविश्वासको प्रस्ताव पेस गरेका थिए। म्याड्रिडस्थित उच्च अदालतले लुइस बार्सेनासलाई घूसखोरी तथा कर अपराधमा दोषी ठहर गरेको थियो।

को हुन् सान्चेज?
पेद्रो सान्चेज सन् २०१४ मा स्पेनी सोसलिस्ट पार्टीको प्रमुख चयन भएका हुनुअघि खासै चर्चित थिएनन्। पूर्व अर्थशास्त्री तथा बास्केटबल खेलाडी सान्चेजले विभाजित पार्टीलाई एक बनाउने तथा पार्टीलाई सत्तामा पुर्‍याउने प्रतिबद्धताका साथ पार्टी प्रमुख बनेका थिए।

बेल्जियमबाट राजनीतिशास्त्र तथा अर्थशास्त्रमा स्नातकोत्तर सान्चेजले यसअघि केही समय अध्यापनसमेत गरेका थिए। सन् २००९ मा स्पेनी संसदो सदस्यमा निर्वाचित भएका उनी अर्थशास्त्र तथा वित्त मन्त्रीसमेत बनेका थिए।

सान्चेजले केही दिनमा प्रधानमन्त्रीको शपथ लिने ठानिएको छ। उनी समाजवादी पीएसओई दलको नेतृत्व गर्ने भए पनि उनी आफू भने सांसदको सदस्य भने छैनन्। संसद्मा ८४ सिट मात्र भएको उनको दललाई सरकार गठनको समीकरणका लागि भने गाह्रो पर्ने देखिन्छ।

प्रकाशित : जेष्ठ १८, २०७५ २१:३३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सिद्धबाबा क्षेत्रमा पहिरोले सास्ती

कान्तिपुर संवाददाता

काठमाडौँ — अबिरल वर्षासंगै खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनाएको छ । राजमार्ग बन्द भएपछि शुक्रबार बिहानैदेखि यात्रुहरु पैदलै गन्तव्य तर्फ जान बाध्य छन् । 

राजमार्गको दोभान सिद्धबाबा र हेडबक्समा ठूला ठूला पहिरो खसेका छन् । पहिरोले राजमार्ग अवरुद्ध भएपछि बुटवलतर्फबाट आएका सवारी साधन बुटवलतिरै फर्केका छन् ।

प्रकाशित : जेष्ठ १८, २०७५ २०:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT