श्रीनगर — भारत अधीनस्थ कश्मीरमा बिहीबार सुरक्षाकर्मी र विद्रोहीबीच भएको दोहोरो गोली हानाहानमा ३ जनाको ज्यान गएको छ । आक्रमण परी एक सैनिक र दुई विद्रोहीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सरकार अधिकारीका अनुसार श्रीनगरबाट करिब ६५ किलोमिटर उत्तरमा रहेको बान्दीपोरा जिल्लाको पाना जंगलमा भएको दोहोरो गोली हानाहानमा उनीहरूको ज्यान गएको हो ।
सुरक्षा अधिकारीले उक्त क्षेत्रमा अन्य विद्रोहीको खोजी कार्य जारी रहेको जनाएका छन् र गत आइतबार कुप्वाला जिल्लामा भारतीय सेनाले गरेको कारबाहीमा ६ जना विद्रोही मारिएका थिए ।
प्रकाशित : असार १, २०७५ ०८:४९प्रतिक्रिया