कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेसीको पेनाल्टी प्रहार विफल हुँदा आइसल्याण्ड र अर्जेन्टिना १–१ को बराबरीमा

मस्को, रूस — फुटबल जगतमा बहुचर्चित अर्जेन्टिनी खेलाडी लियोनल मेसीले विश्वकप अन्तर्गत शनिबार भएको खेललाई यूरोपियन नवउदयमान समूह आइसल्याण्डले अर्जेन्टिनालाई १–१ को बराबरीमा रोक्न सफल भएको छ । 

मेसीको पेनाल्टी प्रहार विफल हुँदा आइसल्याण्ड र अर्जेन्टिना १–१ को बराबरीमा

अर्जेन्टिनाका सर्गियो अग्युरोले खेलको १९ औँ मिनेटमा गोल गरेर आफ्ना समर्थकलाई खुसी तुल्याए । तर उक्त खुसीलाई आइसल्याण्डले धेरै समय रहन दिएन ।


खेलको २३ औँ मिनेटमा आइसल्याण्डका फिन बोगासनले गरेको सानदार गोल नै अर्जेन्टिनाको खेललाई बराबरीमा राख्न सफल सावित भएको छ । समूह घ बाट भएको पहिलो खेलमा अर्जेन्टिनाको नियन्त्रणमा अधिकांश समय बल नियन्त्रण रहेको भएपनि गोल लगाउन भने दक्षिण अमेरिकी समूह चुकेको छ ।


प्रकाशित : असार २, २०७५ २१:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?