कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बन्दुकधारीले पत्रिकाको कार्यालयमा आक्रमण गर्दा ५ को मृत्यु

बीबीसी

अमेरिका — अमेरिकाको मेरिल्याण्ड राज्यबाट प्रकाशित हुने दैनिक पत्रिका क्यापिटल ग्याजेटको कार्यालयमा बन्दुकधारीले आक्रमण गर्दा ५ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । अन्य केही घाइते भएका छन् ।

बन्दुकधारीले पत्रिकाको कार्यालयमा आक्रमण गर्दा ५ को मृत्यु

संदिग्ध आक्रमणकारी जारोड रामोस नामक एक श्वेत पुरुष रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रामोसले २०१२ उक्त अखबारमाथि अपहेलना गरेको दाबि गर्दै क्षतिपूर्ति माग गरेर मुद्दा हालेको जानकारी प्रहरीले दिएको छ ।


क्यापिटल ग्याजेट अखबारका एकजना संवाददाताले बन्धुकधारीले अखबारको कार्यालयको सिसाको ढोकाबाट गोली चलाएको भन्दै ट्वीट गरेका छन्।


एनापोलिस स्थित क्यापिटल ग्याजेटको भवनभित्र रहेका कर्मचारीहरूले बन्धुकधारीले सिसाको ढोका बाहिरबाट समाचार कक्षमा गोली चलाएको जानकारी दिएका छन्। हालै समाजिक सञ्जालमार्फत उक्त अखबारलाई हिंसात्मक आक्रमण गर्ने धम्की दिइएको थियो।


प्रहरीले योजनाबद्ध रूपमा आक्रमण गरिएको उल्लेख गरेको छ। आक्रमणकारीले बोकेको झोलाबाट नक्कली ग्रिनेड समेत फेला परेको बताइएको छ। प्रहरीले उनले ठूलो आकारको बन्दुकको प्रयोग गरेको जनाएका छन् ।


प्रकाशित : असार १५, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?