कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सवारी दुर्घटनामा १८ को मृत्यु 

रोयटर्स

चाङ्सा — चीनको मध्यभागमा पर्ने हुनान प्रान्तमा भएको सडक दुर्घटनामा कम्तीमा १८ जनाको ज्यान गएको छ । शुक्रबार राति भएको दुर्घटनामा १४ घाइते छन् । 

सवारी दुर्घटनामा १८ को मृत्यु 

तिव्र गतिमा आएको बस र ट्रक एकआपसमा ठोकिँदा उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।


स्थानीय अधिकारीले दुर्घटना र यसबाट भएका हताहतबारे शनिबार जानकारी गराएको चिनियाँ समाचार संस्था सिन्हवाले जनाएको छ । सिन्ह्वाका अनुसार स्थानीय समयानुसार शुक्रबार बेलुका करिब ९ बजे दुर्घटना भएको थियो ।


दुर्घटनामा घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।

प्रकाशित : असार १६, २०७५ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?