नेटो कहिल्यै बलियो हुँदैनः ट्रम्प

रासस/एएफपी

हेल्सिन्की — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एट्लान्टिक सन्धी संगठन, नेटो कहिल्यै बलियो संगठनका रुपमा स्थापित नहुने बताएका छन् । 

उनले भने,'यो नेटो संगठन कहिल्यै बलियो पनि हुँदैन र एकीकृत संगठनको रुपमा पनि काम गर्न सक्दैन ।'

Yamaha

सोमबार बिहानको खाजा खाने क्रममा फिनल्याण्डका राष्ट्रपति सउली निनिस्टोसँग भएको संक्षिप्त कुराकानीमा उनले सो धारणा राखेको बताइएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न राष्ट्रपति ट्रम्प सोमबार हेल्सिन्की पुगेका छन् । सोही क्रममा उनले उक्त प्रतिक्रिया दिएका हुन् ।

उनीहरुबीचको भेटवार्तालाई विश्वका सञ्चारमाध्यमहरुले पनि निकै प्रचार गरिरहेका छन् । युरोप भ्रमणबाटै पछ्याइरहेका मिडियाले यहाँ राष्ट्रपति ट्रम्पका हरेक क्रियाकलापहरुमा निकै चासो दिएका छन् ।

राष्ट्रपति ट्रम्पले हालैमात्र गरेको युरोपको उतारचढावपूर्ण भ्रमणपछि पुटिनलाई भेट्न उनी यहाँ आइपुगेका हुन् ।

यस उच्चस्तरीय वार्ताबाट हालैका दिनमा यी दुई देशबीच विकसित राजनीतिक असमझदारीहरुका बारेमा व्यापक मात्रामा छलफल हुने बताइएको छ ।

Esewa Pasal

प्रकाशित : असार ३२, २०७५ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बनारसमा १ सय ५० नेपाली महिला बन्धक

उद्दारका लागि प्रशासन जाने
कमल पन्थी

काठमाडौँ — वैदेशिक रोजगारीका लागि अवैधरुपमा तेस्रो मुलुक जान लागेका करिब १ सय ५० जना नेपाली महिलालाई भारत उत्तरप्रदेश राज्यको बनारसमा बन्धक बनाइएको छ । दलालले  बन्धक बनाएको भन्दै कोठामा रहेकी एक बन्धक महिलाले बर्दिया मधुवन नगरपालिकामा रहेका आफ्नो श्रीमान्‌लाई फोनमा रुदै उद्दार गरिदिन गुहार मागेकी छन् ।

उनका श्रीमानले श्रीमती सहित करिब १ सय ५० नेपाली महिलालाई बन्धक बनाएकोले उद्दारका लागि स्थानीय प्रहरी समक्ष आग्रह गरेका छन्। ती महिलाले आफ्नो श्रीमानलाई नेपाली दलाल मार्फत आफूहरु भारतीय दलालको फन्दामा परेको बताएकी छन्।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बन्धक बनाइएकी ती महिलाकी श्रीमानले दिएको जानकारी अनुसार बनारसको अज्ञात ठाउँमा करिब १ सय ५० नेपाली महिलालाई बन्धक बनाइएको बताए।

'१ सय ५० जना नै बर्दियाका महिला भएको जानकारी हामीलाई आएको छ,' उनले भने, 'उनीहरुको उद्दारका लागि माइती नेपाल लगायतका संस्थासँग समन्वय गरिएकोले चाँडै त्यसतर्फ जाने छौं।’ बनारसमा कुन ठाउँमा बन्धक बनाइएको हो भन्ने कुरा आफूलाई थाहा नभएको ती महिलालाई उद्धृत गर्दै श्रीमानले बताए। फलामको च्यानल गेट भित्र बन्धक बनाइएको र बन्धक बनाइएका महिला बर्दियाको विभिन्न ठाउँका भएको प्रहरीले जनाएको छ।

प्रकाशित : असार ३२, २०७५ १७:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT