‘नि:शस्त्रीकरणमा हतार छैन’

एएफपी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले गर्ने भनेको नि:शस्त्रीकरणमा कुनै हतार नरहेको बताएका छन् ।

‘नि:शस्त्रीकरणमा हतार छैन’

नि:शस्त्रीकरणका लागि उत्तर कोरियाले काम गरिरहेको र त्यो काम पूरा हुने विश्वास रहेको उल्लेख गर्दै ट्रम्पले यसका लागि कुनै समयसीमा नराखिएको बताएका छन् । ‘यसका लागि आवश्यक परामर्श र सरसल्लाहहरू भइरहेका छन्, उत्तर कोरियाले गरिरहेका काम सकारात्मक मोडमै छन्,’ उनले भनेका छन् । हेल्सिन्कीमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा पनि ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग यस विषयमा बारम्बार फोनमा पनि संवाद गर्ने गरेको जानकारी गराएका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पसँग गत जुन १२ मा सिंगापुरमा भएको शिखर वार्ताका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनले आफूले नि:शस्त्रीकरणको सिद्धान्त अपनाउने र आणविक परीक्षणका काम नगर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित : श्रावण ३, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?