जापानका सबैभन्दा ज्येष्ठ नागरिकको ११७ वर्षको उमेरमा निधन

सिन्हवा

टोकियो — जापानका सबैभन्दा ज्येष्ठ नागरिक चियो मियाकोको ११७ वर्षको उमेरमा निधन भएको छ । जापानको स्वास्थ्य, श्रम र समाज कल्याण मन्त्रालयले उनको गत आइतबार निधन भएको बिहीबार जानकारी दिएको हो । 

सन् १९०१ को मे २ तारिखमा जन्मिएकी मियाको गत अप्रिलदेखि जापानको सबैभन्दा ज्येष्ठ नागरिक थिइन् ।

Yamaha


गत अप्रिलमा ११७ वर्षकै उमेरमा नावि ताजिमाको निधन भएको थियो ।

आइतबार निधन हुनु भएकी मियाको संभवतः संसारकै सबैभन्दा ज्येष्ठ नागरिक भएको अनुमान गरिएको थियो ।

Esewa Pasal

प्रकाशित : श्रावण १०, २०७५ १९:१६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ब्लड क्यान्सरपीडित बालकलाई सहयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — शेरा स्मृति स्वास्थ्य, शिक्षा प्रतिष्ठानले रक्त क्यान्सरपीडित १२ वर्षीय सुनिल घलेलाई सहयोग हस्तान्तरण गरेको छ । 

देश विदेशमा रहेका नेपालीबाट संकलित ८२ हजार रुपैयाँ प्रदेश ३ की उपसभामुख राधिका तामाङले बिहीबार इसान अस्पताल बसुन्धारा पुगेर बालककी दिदी रोजिना घलेलाई हस्तान्तरण गरेकी हुन् । पीडित बालकको सोही अस्पतालमा उपचार चलिरहेको छ ।

प्रतिष्ठानले १ लाख ६४ हजार सहयोग संकलन गरेको थियो । बाँकी रहेको रकम बोनम्यारो प्रत्यारोपण गर्न सिभिल अस्पताल बानेश्वरमा उपचारत अनिता श्रेष्ठलाई हस्तान्तरण गरिने प्रतिष्ठानका कोषाध्यक्ष डिबी तामाङले बताए ।

शेरा प्रतिष्ठान प्रदेश नं ३ की उपसभामुख राधिका तामाङका आमा-बुबाको स्मृतिमा स्थापना गरिएको हो ।

प्रकाशित : श्रावण १०, २०७५ १९:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT