कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलियाका २ ठूला मिडिया कम्पनी मर्ज

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाका दुई ठूला मिडिया कम्पनी मर्ज हुने भएका छन् । टेलिभिजन क्षेत्रको नाईन नेटवर्क र फेयरफ्याक्स मिडियाबीच मर्ज हुने सहमति भएको हो । उनीहरुको मर्ज अस्ट्रेलियाली ४ दशमलव २ अर्ब डलर बराबरको छ ।

अस्ट्रेलियाका २ ठूला मिडिया कम्पनी मर्ज

दुबै कम्पनी मर्ज भएपछि उनीहरुले यसको नाम ‘नाईन’ राख्ने भएका छन् । यी दुई कम्पनीबीचको मर्ज अस्ट्रेलियाको मिडिया क्षेत्रमा भएको अहिलेसम्मकै ठूलो हो । २ कम्पनीको एकीकरणसँगै अस्ट्रेलियाको सञ्चारक्षेत्रमा अलग पहिचान र नाम बनाएको फेयरफ्याक्स मिडियाको नाम भने हट्ने छ । सम्झौता अनुसार नाईनले ५१ दशमलव १ प्रतिशत शेयर लिने भएको छ भने फेयरफ्याक्सले ४८ दशमलव ९ प्रतिशत शेयर पाउनेछ । तर, मर्जको सबै प्रक्रिया यो वर्षको अन्यसम्ममा टुंगिने छ ।


च्यानल नाईनले टेलिभिजन, डिजिटल ब्यवसाय, स्टान, नाईन नाउलगायतका मिडिया सञ्चालनमा ल्याइरहेको छ भने फेयरफ्याक्सले ‘द सिड्नी मर्निङ हेराल्ड, द एज, अस्ट्रेलियन फाईनान्सिलय रिभ्यु’ लगायत मुख्य समाचारपत्र, अन्य क्षेत्रबाट सञ्चालनमा आएका समाचारपत्रका साथै टुयुई, टुजीबी, थ्रिएडब्लु रेडियो स्टेसन सञ्चालनमा ल्याइरहेको छ ।

नाईनका अध्यक्ष पिटर कोस्टेलोले अस्ट्रेलियाका २ प्रमुख सञ्चार संस्थाको मर्जले नयाँ अवसर सिर्जना गर्ने बताए । मर्ज भएको कम्पनीलाई नाईन नेटवर्कका प्रमुख कार्यकारी अधिकृत हुज मार्कले नेतृत्व गर्ने जनाइएको छ ।

अस्ट्रेलियाली प्रधानमन्त्री माल्कर्म टर्नबुलले २ ठुला मिडिया कम्पनीको मर्जले अस्ट्रेलियाको सञ्चारक्षेत्रका साथै कम्पनीलाई अझ बलियो बनाउने बताए । नाईन टेलिभिजनमा काम गरिसकेका प्रधानमन्त्री टर्नबुललले मर्जले स्थानीय समाचारको सम्प्रेषणमा कुनै कमी नआउने विश्वास ब्यक्त गरे । उनीहरुको मर्जरले कानुनी वैधता प्राप्त गर्न भने सेयरहोल्डर तथा अस्ट्रेलियाको नियमन कम्पनी एसीसीसीले स्वीकृत गर्नुपर्नेछ ।

प्रकाशित : श्रावण १०, २०७५ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?