कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाकिस्तानमा पुन: निर्वाचन माग

एएफपी

इस्लामाबाद — पाकिस्तानको आमनिर्वाचनमार्फत पहिलो दल बनेको पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले सरकार गठनका लागि साना दलसँग वार्ता सुरु गरेको छ ।

पाकिस्तानमा पुन: निर्वाचन माग

निर्वाचन आयोगले चुनावको नजिता सार्वजनिक गरेलगत्तै पीटीआईले सरकार गठनको पहल गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । उक्त समाचार सार्वजनिक भएलगत्तै विपक्षी दलहरूले भने निर्वाचनमा धाँधली भएको भन्दै विरोध प्रदर्शन सुरु गरेका छन् ।

उनीहरूले पुन: निर्वाचनको माग गरेको छन् । इमरान खान नेतृत्वको पीटीआईले निर्वाचनमा ११६ सिट जितेको हो । सरकार गठन गर्न १३७ सिट आवश्यकता पर्छ ।

प्रकाशित : श्रावण १३, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?