कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाकिस्तानी पूर्वप्रधानमन्त्री शरीफ बिरामी

रासस/एएफपी

इस्लामावाद, पाकिस्तान — यसै महिना भ्रष्टाचार आरोपमा पक्राउ परेका पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरीफ जेलभित्र बिरामी भएको एक पाकिस्तानी मन्त्रीले आइतबार बताएका छन् ।

पाकिस्तानी पूर्वप्रधानमन्त्री शरीफ बिरामी

शरीफ र उनकी छोरीलाई भ्रष्टाचार मुद्दा हेर्ने पाकिस्तानी एक अदालतले क्रमशः १० र सात महिनाका लागि जेल सजाय तोकिदिएपछि यही जुलाई १३ गते पक्राउ गरिएको थियो । उनीहरूले बेलायतमा अवैध रूपमा सम्पत्ति जम्मा गरेको भन्ने पानामा पेपर्समार्फत सूचना बाहिरिएपछि अनुसन्धान सुरु गरिएको छ ।


पाकिस्तानको पञ्जाब प्रान्तका कामचलाउ गृहमन्त्री शौकात जावेदले राज्य सञ्चालित पाकिस्तानी टेलिभिजनसँगको कुराकानीमा भने, 'पूर्वप्रधानमन्त्री शरीफको इलेक्ट्रोकार्डियोग्रामको एक रिपोर्टमा फेरबदलको समस्या देखिएकाले उहाँलाई उपचारका लागि अस्पताल लगिएको छ ।' शरीफलाई इश्लामावादस्थित ‘पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस’ मा लगिएको छ ।


प्रकाशित : श्रावण १३, २०७५ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?