कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेक्सिकोमा विमान दुर्घटना, सबै जीवितै

एएफपी

डुराङ्गो, मेक्सिको — उत्तरी मेक्सिकोमा मंगलबार एक यात्रुवाहक विमान दुर्घटना हुँदा ९७ यात्रु घाइते भएका छन् । मुसलधारे वर्षा भइरहेको समयमा डुराङगोबाट मेक्सिको सिटीका लागि उड्न लागेको एयरोमेक्सिकोको कम्पनीको विमान स्थानीय समयअनुसार मंगलबार दिउँसो ३ बजे धावनमार्ग नजिकै दुर्घटना भएको हो । 

मेक्सिकोमा विमान दुर्घटना, सबै जीवितै

एयरलाइन्सका महानिर्देशक आद्रेस कोनेसाले पत्रकार सम्मेलन गरी विमानमा चालक दलका ४ सदस्य, ८८ पुरुष, नौ केटाकेटी र दुई जना शिशु रहेको जानकारी दिए । दुर्घटनामा सबै व्यक्ति जीवितै रहेको डुराङगोका गभर्नर जोसे रोसासले पुष्टि गरेका छन् । दुर्घटनामा एक पाइलटको मेरुदण्डमा समस्या आएको र एक बालिकाको शरीर जलेर गम्भीर घाइते भएको जनाइएको छ ।


दुर्घटनापछि ९७ जना उपचारका लागि अस्पताल भर्ना भएका र अधिकांशको अवस्था सामान्य रहेको गृह मन्त्रालयले जनाएको छ । भीषण वर्षाका कारण विमान चालकले आकस्मिक अवतरण गर्न खोजेपछि विमानमा आगलागी भएको थियो ।

प्रकाशित : श्रावण १६, २०७५ २२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?