नयाँ करबारे ह्वाइट हाउसको चीनलाई चेतावनी

रासस/एएफपी

वासिङटन — अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका उच्च आर्थिक सल्लाहाकारले शुक्रबार चीनले नयाँ व्यापार करसम्बन्धी दिएको चुनौतिबारे जवाफ दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कमजोर मुल्याङ्कन नगर्न चेतावनी दिएका छन् । 

आर्थिक सल्लाहाकार ल्यारी कुड्लोले ट्रम्पले उचित प्रतिक्रिया दिने बताएका हुन् ।

Yamaha


अमेरिकी ब्लुमवर्ग टेलिभिजनसँगको कुराकानीमा आर्थिक सल्लाहाकार ल्यारी कुड्लोले भने,'चिनियाँहरूले राष्ट्रपति ट्रम्पलाई अघि बढ्न सक्नुहुन्न होला भनेर कम नआँक्नु राम्रो होला ।'

कुड्लोको यो प्रतिक्रिया बेइजिङले अमेरिकी प्रशासनले चीनमाथि लगाएको थप व्यापार कर बारे चेतावनी दिँदै अमेरिकी सामानमा अर्को ६० अर्ब अमेरिकी डलर बराबरको व्यापार कर लगाउने बताएको केही समयमै आएको हो ।

ट्रम्पले विशेषगरी चीनलाई लक्षित गरी नयाँ व्यापार नीति ल्याएपछि चीनले अमेरिकी सामानमा नयाँ कर लगाउने बताएको थियो ।

Esewa Pasal

प्रकाशित : श्रावण १९, २०७५ १४:१६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

रुसमा हेलिकोप्टर दुर्घटना, १८ को मृत्यु

रासस/एएफपी

मस्को — रुसको क्रास्नोयारस्कले क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । क्षेत्रीय आपतकालीन सेवा अधिकारीहरुले विमानमा १८ जना नै रहेका र ती सवै जनाको मृत्यु भएको शनिबार जानकारी दिएका हुन् । 

स्थानीय समयानुसार शनिबार विहान १० बजेर २०मिनेटमासो हेलिकोप्टर दुर्घटनामा परेको अधिकारीहरुले बताएका छन् ।

प्रारम्भिक विवरणहरुका अनुसार प्राविधिक गढबढी र चालकका कारण हेलिकोप्टर दुर्घटना भएको बताइएको छ ।

हेलिकोप्टर उडेर दुई किलोमिटर दुरीपार गरेपछि दुर्घटनामा परेको थियो । विमानमा रहेका र दुर्घटनामा परी मृत्यु भएका मध्ये १५ जना यात्रु र अरु तीन जना चालक दलका सदस्य रहेका थिए ।

प्रकाशित : श्रावण १९, २०७५ १४:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT