न्यूजिल्याण्डमा विदेशीले घर किन्न नपाउने

बीबीसी

न्यूजिल्याण्ड — न्यूजिल्याण्डको संसदले न्यूजिल्याण्डमा विदेशीहरुलाई घर किन्न प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ । त्यहाँको घरहरुको मूल्य आकाशिएसँगै त्यसलाई नियन्त्रण गर्न स‌ंसदले सो व्यवस्था लागु गरेको हो ।

यो प्रतिबन्ध त्यहाँ बसोबास नगर्नेहरुको हकमा मात्र लागु हुने छ। यो व्यवस्था अष्ट्रेलियन र सिगांपुरियनको हकमा भने लागु नहुने पनि बताइएको छ। न्यूजिल्याण्डले उक्त दुई देशसँग स्वतन्त्र व्यापार सम्झौता गरेकोले नयाँ व्यवस्थाबाट उनीहरुले उनमुक्ति पाएका हुन्।

Yamaha

त्यहाँ घर किन्नु अत्यन्तै मंह‌गो भएपछि धेरै न्यूजिल्याण्डवासीले घर किन्नै नसक्ने भएको कारण यस्तो व्यवस्था गरिएको हो। बैंकहरुको सस्तो कर्जादर, घर निर्माणका लागि सिमित स्थान र आप्रवासीहरुको बढ्दो संख्याका कारण केही वर्ष यता त्यहाँको घरको मूल्य आकाशिएको हो।

प्रकाशित : श्रावण ३१, २०७५ १२:४७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पहिराेले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

रासस

चितवन — नारायणगढ मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ कालीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । 

फाइल तस्बिर

बिहीबार बिहान साढे १० बजेतिर पहिरो गएपछि सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि अझै तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण ३१, २०७५ १२:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT