भेनेजुएलामा शक्तिशाली भूकम्प

७.३ म्याग्निच्युडको भूकम्प
एजेन्सी

काठमाडौँ — भेनेजुएलाको उत्तरपूर्वी तटीय क्षेत्रमा मंगलबार अपराह्नमा ७.३ म्याग्नीच्युडको भूकम्प गएको छ । सो भूकम्पबाट हालसम्म मानवीय क्षतिको कुनै समाचार प्राप्त भएका छैन । भेनेजुएलामा अहिलेसम्म गएको भूकम्पमध्ये मंगलबारको भूकम्पको झट्का २० औं र २१ औं शताब्दीकै सबैभन्दा शक्तिशाली भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसैगरी भूकम्पपछि सुनामीको चेतावनी पनि दिइएको छैन । भेनेजुएलाको भू–गर्भ विभागका अनुसार स्थानीय समायानुसार मंगलबार अपराह्न ५ बजेर ३१ मा गएको यस भूकम्पको केन्द्रविन्दु यागरापारो शहरबाट १९ किलोमिटर दक्षिणपूर्वमा भएको जनाइएको छ ।

Yamaha

भूकम्पको कम्पन नुएभा, इस्पार्टा, मोनागास, बोलिभार, डेल्टा आमाक्यरो आरागुआ र काराबोबोलगायत क्षेत्र वरपर महसूस गरिएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

शक्तिशालीको यस कम्पनपछि सडक र पर्खालहरुमा चिराहरु देखा परेका बताइएको छ । यस भूकम्पको कम्पन कोलम्बियाको राजधानी बोगोटासम्म महसुश गरिएको थियो ।

सो भूकम्पपछि त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थलसमेत केही समयको लागि बन्द गरिएको बताइएको छ ।

युएस प्यासिफिक सुनामी वार्निङ सेन्टरले सो भूकम्पपछि भीषण सुनामीको छाल उठ्ने सम्भावना रहेको चेतावती दिएको थियो तर पछि भने सुनामीको जोखिम घटेको भन्दै उक्त चेतावनीयुक्त सूचना फिर्ता लिएको थियो ।

भूकम्पको विषयमा विश्वभरी नै निगरानी राख्ने अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले भेनेजुएलामा हिजो आएको भूकम्प १९९० यताको नै सबैभन्दा शक्तिशाली भएको जानकारी दिएको छ ।

Esewa Pasal

प्रकाशित : भाद्र ६, २०७५ १५:०२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

किशोरी हत्या प्रकरण : प्रदर्शनमा गाउँहरुबाट पनि महिला आए, दोस्रो दिन बजार बन्द

भवानी भट्ट

कञ्चनपुर — किशोरीको बलात्कारपछि हत्या आरोपमा प्रहरीले अभियुक्त सार्वजनिक गरेपछि चर्केको आनन्दोलन बुधबार पनि जारी छ । सोमबार साँझ प्रहरीले अभियुक्त सार्वजनिक गरेपछि मंगलबार बिहानैदेखि महेन्द्रनगरमा आन्दोलन चर्किएको हो ।

महेन्द्रनगर बजारमा प्रदर्शन गरिरहेका आन्दोलनकारीहरु । तस्बिर : भवानी भट्ट/कान्तिपुर ।

प्रहरीले सार्वजनिक गरेको व्यक्ति दोषी हुन नसक्ने उनीहरुको अडान छ। प्रहरीले वास्तविक दोषी उम्काउन यस्तो खेल खेलेको उनीहरुको आरोप छ।

आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयलाई केन्द्र बनाएर प्रदर्शन गरिरहेका छन्। गाउँगाउँबाट आएका महिलाहरु समेत आन्दोलनमा उत्रिएका छन्।

बुधबार पनि महेन्द्रनगरमा बिहानैदेखि स्थानीयले प्रदर्शन गरिरहेका छन्। बजार र यातायात बन्द गराएर स्थानीयले बजारको चोक चोकमा टायर बालेर प्रदर्शन गरेका हुन्। व्यवासायीहरु स्वस्फुर्त रुपमा बजार बन्द गरेर आन्दोलनमा होमिएका छन्। प्रहरी र आन्दोलनकारीबीच पटक पटक झडप भईरहेको छ। दुवै पक्षबाट ढुंगा प्रहार भईरहेको छ।

साउन १० मा भीमदत्त नगरपालिका २ उल्टाखामिक १३ वर्षीया किशोरीको वलात्कारपछि हत्या भएको थियो। उनको शव सोहि नगरपालिकाको वडा नं. १८ को निम्बुखेडास्थित उखुबारीमा भेटिएको थियो। प्रहरीले सोमबार साँझ सोहि नगरपालिकाको वडा नं. २ का ४१ वर्षीय दिलिप विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो।
मंगलबार सांझ जिल्ला प्रशासन कार्यालयमा भएको द्वीपक्षीय वैठकमा प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले अहिले पक्राउ परेको अभियुक्तलाई मात्र दोषी मानेर अनुसन्धान नरोकि पीडित पक्षले शंका गरेका व्यक्तिमाथि पनि अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका थिए।

पीडित पक्षले छोरी पढ्न गएको भीमदत्त नगरपालिका १८ स्थित घरका किशोरीमाथि छानविन हुनुपर्ने माग गरेका छन्।

प्रकाशित : भाद्र ६, २०७५ १४:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT