पार्कको कारावास सजाय थपियो

एजेन्सी

सोल — दक्षिण कोरियाको पुनरावेदन अदालतले पूर्वराष्ट्रपति पार्क गुन हेलाई तोकिएको कारावास सजाय थप गरेको छ ।

विभिन्न भ्रष्टाचारका घटनामा संलग्नता पार्कको सजायमा थप एक वर्ष थपिएको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।

६६ वर्षीया पार्कलाई गत अप्रिल ६ मा जिल्ला अदालतले २४ वर्ष जेल सजायको फैसला गरेको थियो । उनलाई पद तथा शक्तिको दुरुपयोग गरी सार्वजनिक स्रोतको हिनामिना गरेकोमा दोषी ठहर गरिएको हो । शनिबारको फैसलामा उनलाई थप २ अर्ब वन जरिवानासमेत थप गरिएको छ ।

अभियोजनकर्ताहरूले भने उहाँलाई ३० वर्ष जेल सजाय र १ सय १८ दशमलव ५ अर्ब जरिवाना गराउनुपर्ने माग गरेको योनहाप समाचार संस्थाले जनाएको छ । अदालतले पार्ककी लामो समयदेखिकी साथी चोई सुनसिललाई पनि जरिवाना बढाएर १८ बिलियनबाट २० बिलियन पुर्‍याइएको छ ।

Yamaha

पार्क राष्ट्रपति हुँदा उनका मुख्य नीतिगत सल्लाहकार रहेका अहन जोङ बेओमको कारावास सजाय एक वर्षबाट बढाएर ५ वर्ष बनाइएको छ ।

Esewa Pasal

प्रकाशित : भाद्र १०, २०७५ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

वरिष्ठ भारतीय पत्रकार नायरको निधन

एजेन्सी

दिल्ली — भारतका प्रख्यात पत्रकार तथा मनाव अधिकारवादी कुलदीप नायरको ९५ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । उनी भारतमा सन् १९७५ मा लगाइएको संकटकालको घोर विरोधीका रुपमा परिचति थिए ।

उनलाई इन्दिरा गान्धीको नेतृत्वको तत्कालिन सरकारले संकटकालको विरोध गरेकै कारण जेल पनि हालेको थियो। द इण्डियन एक्सप्रेस पत्रिकाको सम्पादक रहिसकेका उनको १५ भन्दा बढी किताब प्रकाशित छन्।

उनको इण्डिया आफ्टर नेहरु, बियोण्ड द लाइन्स र इमरजेन्सी रीटोल्ड लगायतको पुस्तकहरु प्रख्यात छन्। उनले सन् १९९० मा बेलायतका लागि भारतको महावाणिज्य दूत समेत रहेर काम गरेका थिए।

उनको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समेत दु:ख व्यक्त गरेका छन्। मोदीले ट्वीट गर्दै भारतको प्रजातन्त्रका लागि उनले अतुलनीय योगदान गरेको बताएका छन्।


प्रकाशित : भाद्र ७, २०७५ ११:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT