कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिका र मेक्सिकोबीच व्यापार सम्झौता

एएफपी

वासिङ्टन — अमेरिका र मेक्सिकोबीच महिनौं लामो छलफलपछि उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) बारे मंगलबार सहमति जुटेको छ । उक्त सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘वास्तवमै राम्रो सम्झौता’ को संज्ञा दिएका छन् ।

अमेरिका र मेक्सिकोबीच व्यापार सम्झौता

यसअघि वर्तमान सम्झौताको कडा आलोचना गर्दै आएका ट्रम्पले भने नयाँ सम्झौता भएको मंगलबार उद्घोष गरेका हुन् ।


यद्यपि, उक्त अर्को साझेदार क्यानडाले भने हालसम्म सम्झौतामा सहमति जनाइसकेको छैन । अमेरिका र मेक्सिकोका व्यापार प्रतिनिधिबीच भएको छलफलमा नाफ्टाको अर्को साझेदार मुलुक क्यानडासँग पनि वार्ता अगाडि निर्णय भएको छ ।


ट्रम्पले सन् १९९४ मा भएको नाफ्टा सम्झौताका कारण अमेरिकाको कार उत्पादनका क्षेत्रमा रोजगारी कटौती भएको दाबी गर्दै पुनरावलोकन गर्नुपर्ने बताउँदै आएका थिए । तर क्यानडाको प्रतिक्रियाका कारण करिब २५ वर्ष पुरानो सम्झौता संकटमा परेको छ ।


विदेशमन्त्रीले नाफ्टा पुनरावलोकनमा क्यानडाले हस्ताक्षर अनिवार्य रहेको बताइसकेका छन् । तर अमेरिकी राष्ट्रपति ट्रम्पले सहमतिमा नआए क्यानडालाई नयाँ सम्झौतामा समावेश नगरिने चेतावनी दिएका छन् । ट्रम्पले नाफ्टा खारेज गर्ने भन्दै विवादास्पद भनाइ सार्वजनिक गरिरहेका छन् । उनले पुनरावलोकनमा क्यानडा समहत नभए सम्झौताको नाम नै परिवर्तन गर्नुपर्ने बताएका छन् ।


‘व्यापारका लागि आजको दिन महत्त्वपूर्ण छ । दुवै मुलुकबीच साँच्चिकै राम्रो समझदारी भयो,’ ट्रम्पले अमेरिकी राष्ट्रपतिको कार्यालय ओभलबाट सम्झौताबारे भने । उक्त अवसरमा ट्रम्पले मेक्सिकोका राष्ट्रपति एनरिक पेना नियटोसँग फोनमा कुराकानी गरेका थिए ।


नाफ्टाको दोस्रो संस्करणका रूपमा हेरिएको यस सम्झौतामा सवारीसाधनको व्यापार, कामदारको सुरक्षा र हरेक ६ वर्षमा सम्झौता नवीकरण गर्ने विषयहरू समेटिएका छन् ।

प्रकाशित : भाद्र १३, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?