कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्राजिलको २ सय वर्ष पुरानाे स‌ंग्रहालयमा अागलागी, २ करोड वस्तु नष्ट

काठमाडौँ — दुई सय वर्षको इतिहास बोकेको ब्राजिलको राष्ट्रिय संग्रहालयमा अगलागी हुँदा दुई करोड वटा वस्तु नष्ट भएका छन् । ब्राजिलको राजधानी रि दि जेनेरियोस्थित संग्रहालयमा आइतबार राति आगलागी भएको हाे ।

ब्राजिलको २ सय वर्ष पुरानाे स‌ंग्रहालयमा अागलागी, २ करोड वस्तु नष्ट

आगलागीका कारण मानवीय क्षति नभएपनि ब्राजिलको वैज्ञानिक खोज, इतिहास, संस्कृतिको धेरै ठूलो क्षति भएको संग्राहलयका अधिकारीहरुले बताएका छन् ।


'ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो र पुरानो प्राकृतिक विज्ञान संग्राहलय थियो । हामीसँग सय वर्ष पुराना अमूल्य वस्तुहरु थिए ' संग्रहालयका उपनिर्देशक क्रिस्टिना सेरिजियोको भनाई उदृत गर्दै द गर्जियनले लेखेको छ ।


अगलागीका कारण ब्राजिलको दुई सय वर्ष पुराना सम्पदा, इतिहास, वैज्ञानिक खोज, संस्कृति र शिक्षाका महत्वपूर्ण दस्तावेजहरु मेटिएको संग्राहलयका उपनिर्देशक लुइज डउर्टेले बताएका छन् ।


उक्त संग्राहलय रियो फेडरल विश्विवद्यालयको एउटा महत्वपूर्ण अंगको रुपमा स्थापित थियो ।


संग्राहलयमा १२ हजार वर्ष पुरानो महिलाको अस्थिपञ्जर, डाइनोसारका अवशेष, सन् १७८४ मा अन्तरिक्षबाट पृथ्वीमा खसेको आकाशीय पिण्ड (मिटिअराइट) जस्ता महत्वपूर्ण बस्तु संग्रह गरिएका थिए ।


ब्राजिलका राष्ट्रपति मिकेल टिमरले विज्ञान र शिक्षाको क्षेत्रमा अमूल्य क्षति भएको बताएका छन् । उनले ट्विट गर्दै लेखेका छन्,' ब्रजिलको संग्रहालय इतिहासमा आजको दिन दुःखद घटना भएको छ । दुई सय वर्षदेखिको खोज र अनुसन्धान सबै नष्ट भयो । '

प्रकाशित : भाद्र १८, २०७५ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?