कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुडानका १० सैनिक बलात्कारमा दोषी

एएफपी

जुबा — दक्षिण सुडानको एक सैनिक अदालतले सन् २०१६ मा राजधानी जुबामा भएको बलात्कार र हत्यामा १० सैनिकलाई दोषी ठहर गर्दै ७ वर्षदेखि आजीवन कारावासको सजाय सुनाएको छ ।

सुडानका १० सैनिक बलात्कारमा दोषी

ती सैनिकमाथि सन् २०१६ मा सुडानमा वैदेशिक सहायताकर्मीलाई बलात्कार तथा एक पत्रकारको हत्या अभियोगमा दोषी ठहर गरिएको हो ।

पीडितलाई जनही ४ हजार अमेरिकी डलर क्षतिपूर्ति दिन सरकारलाई आदेश दिइएको छ । बिहीबारको फैसला कूटनीतिज्ञ, सहायताकर्मी तथा अधिकारी उपस्थित सैनिक अदालतको सुनुवाइ कक्षमा गरिएको हो ।

प्रकाशित : भाद्र २२, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?