रुसद्वारा सिरियाको इडलिबमा आक्रमण
जेनेभा — रुसी युद्धक विमानले सिरियाको विद्रोही नियन्त्रित प्रान्त इडलिबमा आक्रमण गरेका छन् । मानवअधिकारवादी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले इडलिबको दक्षिण–पश्चिमी क्षेत्रमा आक्रमण गरिएको जनाएको छ ।
रुस तथा इरानको सहयोगमा सिरियाले इडलिबमा विद्रोही लक्षित भीषण आक्रमणको तयारी गरेको जनाइएको छ । शुक्रबार रुस, इरान तथा टर्कीका राष्ट्रपतिहरू तेहरानमा इडलिबमाथि गरिने आक्रमणबारे छलफल गर्न भेला भएका थिए । त्रिपक्षीय बैठकका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘सिरिया सरकारसँग आफ्नो देशको भू–भाग नियन्त्रणमा लिने पूर्ण अधिकार रहेको’ बताएका थिए ।
प्रकाशित : भाद्र २४, २०७५ ०८:०७प्रतिक्रिया