कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२० मा एकको रक्सीले मृत्यु

एएफपी

जेनेभा — मदिरा सेवन गरेर संसारमा हरेक वर्ष ३० लाखभन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

२० मा एकको रक्सीले मृत्यु

यो संख्या विश्वभरिमा एड्स, हिंसा र सडक दुर्घटनाका कारण मृत्यु हुनेहरूको भन्दा बढी रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले शुक्रबार जनाएको छ ।

राष्ट्रसंघीय स्वास्थ्य निकायले हरेक बर्ष मृत्यु भएका प्रत्येक २० जनामध्ये एक जनाको मृत्यु मदिराका कारण हुने गरेको प्रस्ट पारेको हो ।

हालै सार्वजनिक प्रतिवेदनअनुसार यो तथ्यांकमा मदिरा सेवन गरेर सवारी चलाउँदा निधन, मदिरा कारण भएका हिंसात्मक घटना र मदिरले लागेका विभिन्न रोगका कारण मृत्यु भएकाको संख्या जोडिएको छ ।

झन्डै पाँच सय पृष्ठ लामो उक्त प्रतिवेदनमा मृत्यु भएकामध्ये तीन चौथाइको मृत्यु मदिराकै कारण हुने गरेको पाइएको उल्लेख छ ।

प्रकाशित : आश्विन ७, २०७५ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?