कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘राष्ट्रसंघसँग हस्तक्षेप गर्ने अधिकार छैन’

एएफपी

यांगुन — म्यान्मारका सेना प्रमुख मिन आङ हलिङले संयुक्त राष्ट्रसंलाई आफ्नो देशको सार्वभौमिकतामाथि हस्तक्षेप गर्ने कुनै अधिकार नभएको बताएका छन् ।

‘राष्ट्रसंघसँग हस्तक्षेप गर्ने अधिकार छैन’

राष्ट्रसंघका अनुसन्धानकर्ताले म्यान्मारको सेनाले अल्पसंख्यक रोहिंग्या मुसलमान समुदायको जातीय सफायाको उद्देश्यले हिंसा मच्चाएको आरोप लगाएको एक सातापछि हलिङको प्रतिक्रिया आएको हो ।


उनले ‘कुनै देश, संगठन र समूहलाई देशको सार्वभौमिकतामाथि निर्णय र हस्तक्षेप गर्ने अधिकार नभएको’ हलिङको भनाइ उद्धृत गर्दै सेनाद्वारा सञ्चालित अखबार म्यावाडीले जनाएको छ ।


राष्ट्रसंघले गत वर्षको अगस्टदेखि रोहिंग्या मुसलमानमाथि म्यान्मारको सेनाले गरेको दमनबारे ४ सय ४४ पृष्ठको अनुसन्धानात्मक प्रतिवेदन सार्वजनिक गरेको थियो । राखिने राज्यमा रोहिंग्या मुसलमानविरुद्ध भएका हत्या, बलात्कार अत्यन्त अन्यायपूर्ण हिंसाले मानव जीवनको अपमान गरेको अनुसन्धानकर्ताको निष्कर्ष छ ।


हिंसाका कारण ७ लाखभन्दा बढी रोहिंग्या मुसलमान बंगलादेशमा शरण लिइरहेका छन् । तर सेनाले भने आफूहरूले आक्रमणकारीमाथि कारबाही गरेको दाबी गर्दै आएको छ ।

प्रकाशित : आश्विन ९, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?