कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्विडेनका प्रधानमन्त्रीको पद गुम्यो 

बीबीसी

स्टकहोल्म — आप्रवासन मुद्दाबारेको विमतिपछि स्विडेनका प्रधानमन्त्री स्टेफन लोफ्भेनले संसदमा विश्वासको मत गुमाएका छन् । आप्रवासन नीतिविरोधी स्विडेन डेमोक्रयाट (एसडी) ले उनलाई प्रधानमन्त्रीबाट हटाउने पक्षमा मत दिएपछि उनको पदम गुमेको हो ।

स्विडेनका प्रधानमन्त्रीको पद गुम्यो 

केही साताअघि भएको मतदानमा त्रिशंकु संसद् गठन भएको थियो ।


मंगलबार स्विडेनको संसदमा भएको मतदानमा उनी विरुद्धमा २ सय ४ मत परेको थियो । लोफ्भेनको पक्षमा भने १ सय ४२ सांसदले मतदान गरे । संसदका सभामुखले अब नयाँ नेताको प्रस्ताव गर्ने जनाइएको छ ।


यद्यपि त्यसका लागि केही साता लाग्ने भएकाले लोफ्भेन कामचलाउ प्रधानमन्त्रीका रूपमा रहनेछन् । मध्य वामपन्थी दल एसडीका नेता लोफ्भेन सन् २०१४ मा प्रधानमन्त्री बनेका थिए । हालै भएको निर्वाचनमा मध्य वामपन्थी गठबन्धनले मध्य दक्षिणपन्थी गठबन्धनको भन्दा १ सिट बढी अर्थात् १ सय ४४ सिट जितेको थियो ।

प्रकाशित : आश्विन ९, २०७५ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?