कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कंगोमा तेल ट्यांकर दुर्घटनापछि आगलागी हुँदा ५० जनाको मृत्यु

रासस/सिन्ह्वा

किन्सासा — प्रजातान्त्रिक गणतन्त्र कंगोको मध्यक्षेत्रको एमबुजा ग्रामिण इलाकामा एउटा तेल ट्यांकर दुर्घटनापछि भएको आगलागीमा परी कम्तीमा ५० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

कंगोमा तेल ट्यांकर दुर्घटनापछि आगलागी हुँदा ५० जनाको मृत्यु

दुर्घटनापछि ट्यांकरबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्किएपछि नजिकैको गाउँमा फैलिदा ५० जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी दर्जनौँ मानिस घाइते भएका छन् । ठूलो धनराशी बराबरको भौतिक सम्पत्तीको क्षति भएको एमबुजा क्षेत्रका गभर्नर अतु मतुबौनाले पुष्टि गरे ।

पेट्रोलियम पदार्थ लिएर मातडीबाट किन्सासा गइरहेको ट्यांकर बाटोमा रोकेर राखिएको ट्रकमा ठक्कर खाएको थियो । घटनास्थलमा घाइते व्यक्तिलाई उद्धार गरी नजिकैका अस्पतालमा पठाइसकिएको गभर्नर मतुबौनाले बताए ।

प्रकाशित : आश्विन २१, २०७५ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?